arrow

हिन्दू समूदायलाई पाकिस्तान र बंगलादेशमा खतरा, अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
hindu-harash-bangladesh.jpg

काठमाडौं। बंगलादेशमा नाराइल सदर उप जिल्लास्थित मिर्जापुर युनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दू भएकै कारण जुत्ताको माला लगाइएको घटनाप्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति दुःख ब्यक्त गरेको हो । यो घटना भने गत जुन १७ तारिखमा भएको थियो । 

बंगलादेश र पाकिस्तानमा हिन्दूत्वविरोधि जिहादी घटनाहरू पटक पटक हुनुले ती सरकारहरू हिन्दूहरूको सुरक्षाको विषयमा अति गैरजिम्मेवार रहेको देखिएको अभियानका अध्यक्ष विनय यादवले बताए । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती सरकारहरूले जिहादीहरूको गतिविधिमा रोक लगाउन अक्षम देखिएको हुनाले राष्ट्रिय एकता अभियान पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि ती मुलुकहरूमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दछ ।’

त्यस कलेजका एक छात्रले भारतको पार्टी भारतीय जनता पार्टी भाजपाकी नेतृ नुपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेका थिए । कलेजमा ती छात्रलाई केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डर धम्की देखाइ दबाव दिएका थिए । 

यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै जिहादी छात्रहरूले दुई शिक्षकको मोटरसाइकलमा आगो लगाएका थिए । 

यसपछि ती छात्रहरू र स्थानीय जिहादीहरूले धर्मको अपमान गरेको आरोप लगाउँदै प्रधानाध्यापक स्वपनकुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ