हिन्दू समूदायलाई पाकिस्तान र बंगलादेशमा खतरा, अन्तर्राष्ट्रिय हस्तक्षेपको माग
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
1.7k
Shares
काठमाडौं। बंगलादेशमा नाराइल सदर उप जिल्लास्थित मिर्जापुर युनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दू भएकै कारण जुत्ताको माला लगाइएको घटनाप्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति दुःख ब्यक्त गरेको हो । यो घटना भने गत जुन १७ तारिखमा भएको थियो ।
बंगलादेश र पाकिस्तानमा हिन्दूत्वविरोधि जिहादी घटनाहरू पटक पटक हुनुले ती सरकारहरू हिन्दूहरूको सुरक्षाको विषयमा अति गैरजिम्मेवार रहेको देखिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ती सरकारहरूले जिहादीहरूको गतिविधिमा रोक लगाउन अक्षम देखिएको हुनाले राष्ट्रिय एकता अभियान पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि ती मुलुकहरूमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दछ ।’
त्यस कलेजका एक छात्रले भारतको पार्टी भारतीय जनता पार्टी भाजपाकी नेतृ नुपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेका थिए । कलेजमा ती छात्रलाई केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डर धम्की देखाइ दबाव दिएका थिए ।
यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै जिहादी छात्रहरूले दुई शिक्षकको मोटरसाइकलमा आगो लगाएका थिए ।
यसपछि ती छात्रहरू र स्थानीय जिहादीहरूले धर्मको अपमान गरेको आरोप लगाउँदै प्रधानाध्यापक स्वपनकुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेका थिए ।