arrow

अर्थमन्त्रीलाई कारबाही नगरेको प्रति शेखर कोइराला प्रधानमन्त्रीसँग असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
deuba-shekhar.jpg

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मालाई कारबाही नगरिएको प्रति प्रधानमन्त्री शेरबहादुर देउवासँग कांग्रेस नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । 

पार्टी सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफू निकट नेताहरूको भेला गरेका नेता कोइरालाले बजेट निर्माणमा गम्भीर अर्थोक चलखेल  गरेको आरोप लागेका अर्थमन्त्रीलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।  

अर्थमन्त्रीले बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा भएको थियो ।  डा.कोइरालाले भने,'  प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दुःखद हो । अर्थ मन्त्रालयमा अर्बौँको चलखेल र लेनदेनमा मन्त्री आरोपित छन् । कारबाही किन नगरेको ?' 

भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सह महामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ