arrow

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा,  दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
bike-accident.jpg

दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

गए राति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक  मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकल यात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही-७ का ३८ वर्षीय वसन्त चौधरी र साइकल यात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । 

घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ