arrow

नेपाल फाइनान्सको शेयर लिलामी बिक्री खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौं । नेपाल फाइनान्सले १७ असारदेखि  १४ लाख ३९ हजार ४१२.७५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६।२७५ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । 

कम्पनीले यसअघि ६ जेठदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ