arrow

रंगेलीमा श्रीमतीलाई जिउँदै जलाएर हत्या, श्रीमान नियन्त्रणमा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असार १८ शनिबार
killerwwwwwww.jpg

मोरङ । मोरङको रंगेली नगरपालिका १ स्थित बिर्ता बजारमा  तिल्का मल्लिकले श्रीमतीलाई मट्टितेल छर्किएर आगो लगाउँदा जलेर मृत्यु भएको छ । जलेर घाइते ३१ वर्षीया बबिता मण्डलको उपचारको  मृत्यु भएको प्रहरी ले जनाएको छ । 

शुक्रबार राति १० बजे घरमा आगलागी भएको थियो । पत्नीलाई घरभित्र थुनेर मट्टितेल छर्किएर आगो लगाएको आशंकामा प्रहरीले २३ वर्षीय उनका श्रीमान  तिल्का मल्लिकलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।   

गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित शनिबार करिब बिहान ६ बजे कोसी अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियो । 

श्रीमान श्रीमतीबीच आन्तरिक विवादबाट घटना भएको हुनसक्ने देखिएको प्रहरीको आशंका  रहेको छ । दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ