arrow

अर्काको घरमै पुगेर हातपात गर्ने राज्यमन्त्री वली दोषी भएको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
bimala-khatri-oli.jpg

काठमाडौं । गत जेठ ३१ गते राज्यमन्त्री विमला वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी मीना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्य तथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सो छानबिन समितिले राज्यमन्त्री वली दोषी रहेको ठहर गरेको छ ।  व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ । 

मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिवार प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए । मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिकरूपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताए । उनले प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गरे ।  

समितिमा कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए । छानबिन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी छन् । 

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि वैशाख १९ मा उन नेकपा  (माओवादी केन्द्र) प्रवेश गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ