arrow

ओलीको विरोधपछि युवा सङ्घ सडकमा, सीसीटीभी फुटेज खाने मुसा खोज्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
muso-khoji.PNG

काठमाडौं ।  करको दायरा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।  सीसीटीभी फुटेजको बारेमा सोमवारको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएपछि एमालेको भातृ सङ्गठन युवासंघ सडकमा उत्रिएको हो । 

 विरोध प्रदर्शन कार्यक्रममा बोल्दै युवा सङ्घका अध्यक्ष किरण पौडेलले कुनै पनि व्यक्ति मध्यरातमा चोरको रूपमा गएर कर दरलाई तलमाथि गर्नु भनेको राज्य विरुद्धको गम्भीर अपराध भएको बताए । 

युवा सङ्घले सिंहदरबार नजिकै रहेको हनुमान स्थानमा भेला भएर विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरूले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? सेतो जुँगा कालो मन, देश डुबाउने मै हो भन !’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध उत्रिएका थिए ।

अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै ओलीले फुटेज डिलिट गर्न नपाइने, स्वेच्छाचारिताविरुद्ध  संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्ने र त्यसको प्रतिवेदन संसद्मा आउनुपर्ने बताएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ