arrow

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
balkrishna-khad.jpg

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जानकारी दिए ।

बुढाथोकी बुधवार दिउँसो ३:३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ