arrow

बुढीगंगामा आज पुनः मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
election-commission-locla-gov.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै छ । ३० वैशाखमा देशभरका स्थानीय तहको चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बुढीगंगामा आज मतदान हुँदै छ ।
 
मतदानका लागी १० वटा मतदान स्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ भने मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङबहादुर खातीले उम्मेदवारी दिएका छन् ।

बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। १० वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या १२ हजार ६ सय ५९ छ ।

विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ