arrow

तथ्याङ्कमा हेर्नुहोस् मनै रुवाउने आर्थिक बृद्धिदरको चित्र

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
economic-growth-is-over_mutual-responsibility-dot-org.jpeg
काठमाडौं । कुनैपनि मुलुकको आर्थिक अवस्था सुदृढ नभएसम्म त्यो देशको राष्ट्रियता बलियो हुन्छ भन्न सक्ने अवस्था रहँदैन । खाली पेटमा राष्ट्रियताको नारा बोकेर कोहीपनि व्यक्ति हिँड्दैन भन्ने मान्यता अहिले पनि यत्रतत्र सर्वत्र प्रचारप्रसार गरिरहनु आवश्यक नहोला । 
 
तर, नेपालको वर्तमान आर्थिक अवस्थालाई हेरेर अन्य छिमेकी मुलुकको आर्थिक विकासको तथ्याङ्कलाई हेर्ने हो भने आज जो कोही राष्ट्रवादी नेपालीले पनि अहिलेका राजनीतिक दलको बहुलठ्ठीपनालाई हेरेर धुरुधुरु नरोला भन्न सकिँदैन । कुनैपनि मुलुकले आर्थिक विकासमा सधैंभरी प्रगति गरिरहेको हुन्छ । अपवादमा कुनै कुनै वर्षहरूमा सीमित कारणले उपलब्धी हाँसिल गर्न नसकेपनि उनीहरूको आर्थिक बृद्धिको अवस्था वर्षेनी उतारचढाव भईरहन्छ । तर, सीधा ओरालो लागेर मुलुकको अर्थतन्त्र नै ओरालो लाग्ने सम्भवतः सार्क मुलुकमा नै नेपाल एकमात्रै होला ।
 
आन्तरिक राजश्व विभागको एक प्रतिवेदनले यही देखाएको छ । सार्कका ८ मुलुक र छिमेकी मुलुक चीनलाई समेत हेर्ने हो भने नेपालको आर्थिक बृद्धिदर वर्षेनी ओरालो लाग्दै आईरहेको छ । अहिले ०.७७ प्रतिशतमा सीमित हुनपुगेको आर्थिक बृद्धिदरलाई भूकम्प र नाकामन्दीका कारण भनेर बाहाना बनाईएको भएपनि बृद्धिदर झण्डै एक दशकदेखि निरन्तर ओरालो लागिरहेको छ । 
 
सन् २००८ मा नेपालको आर्थिक बृद्धिदर ६.१ प्रतिशत हुँदा अफगानिस्तानको आर्थिक बृद्धिदर ३.६ प्रतिशतमा सीमित थियो । सोही वर्ष क्रमशः बंगलादेशको ६, भुटानको ३, चीनको ९.६, भारतको ६.२, माल्दिभ्सको १२.८ र पाकिस्तानको १.६ थियो । त्यतिबेला श्रीलंकाको पनि ६ प्रतिशत आर्थिक बृद्धि थियो । 
 
तर, २०१२ मा आईपुग्दा नेपालको बृद्धिदर वर्षेनी ओरालो लागेर ३.८ प्रतिशतमा सीमित भएर यी सबै मुलुक मध्ये सबैभन्दा कम बृद्धिदर रहेको मुलुकको रूपमा चिनिएको थियो । यस समयमा अफगानिस्तानको ७.५ प्रतिशत पुग्दा वंगलादेशको आर्थिक बृद्धिदर ६.६ पुगेको थियो । त्यसपछि क्रमशः भुटान ६, चस्न ९.५, भारत ७.८, माल्दि ५, पाकिस्तान ४ र श्रीलंका ६.५ प्रतिशतको आर्थिक बृदिदर बोकेर बसिरहेका छन् । 
 
यसरी वर्षेनी आर्थिक बृद्धिदर घट्दैजाँदा अहिले आर्थिक बृद्धिदर ०.७७ प्रतिशतमा सीमित भएको आन्तरिक राजश्व विभागको रणनीतिक लक्ष्यले पनि औल्याएको छ । यसरी वर्षेनी आर्थिक अधोगतिमा मुलुक लागिरहँदा पनि आर्थिक उन्नतीको सपना देखाउनेहरूको खेती अझै मासिएको छ । तथ्याङ्कमा २०१२ सम्मको आर्थिक बृद्धिदरको अवस्था हेर्नुहोस् । जहाँ आर्थिक बृद्धिदरको अवस्था वर्षेनी ओरालो लागिरहने एकमात्र मुलुक नेपाल रहेको छ ।   
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ