arrow

स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्‍याउनु होला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ असार २५ गते शनिबार, इस्वीसंवत जुलाई ९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको दशमी तिथि रहनेछ । आज नक्षत्रमा स्वाति, विष्कुम्भादि योगमा साध्य, करणमा गर, आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३४ घटि २२ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १६ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०१ बजे हुनेछ ।

आजको राशिफल :

मेष : समय शुभ रहनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ । रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।

वृष : स्वास्थ्य राम्रो रहनेछ । मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय रहेको छ ।

मिथुन : समय खराब रहनेछ । खर्च बढ्नाले रकम अभाव देखा पर्न सक्छ । दैनिक काम रोकिनेछ र खानपानको असावधानीले स्वास्थ्य कमजोर रहन सक्छ । अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। माया प्रेममा सामान्य खटपटको योग पनि रहेको छ ।

कर्कट : स्वास्थ्य भरपर्दो रहनेछैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट तनाव बढ्ने देखिन्छ । सतर्क हुनुहोला ।

सिंह : समय शुभ छ । विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । रोजगार पाइने समय रहेको छ ।

कन्या : समय खराब छ । स्वास्थ्य कमजोर रहने देखिन्छ । घरायसी काम बिग्रनाले दुःख पाइनेछ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । माया प्रेममा समस्या हुनेछ ।

तुला : समय अत्यन्तै शुभ छ । प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ । काम देखाएर उपलब्धि हातपार्ने मौका छ । नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

वृश्चिक : समय अत्यन्तै खराब छ । पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्नेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन् । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।

धनु : स्वास्थ्यमा एक्कासी समस्या आउने योग छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। ईश्या गर्नेहरूले अवरोध पुर्याउने देखिन्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । समय खराब छ सतर्क हुनुहोला ।

मकर : स्वास्थ्य सबल रहनेछ । शुचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ । समग्रमा समय शुभ छ, भरपूर उपयोग गर्नुहोला ।

कुम्भ : समय खराब छ, आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । जागीरमा समस्या उत्पन्न हुनेछ, शुभचिन्तकहरू पनि टाढिने देखिन्छ ।

मीन : आज समय मध्यम खालको छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला ।

साइत :
बिहान ०५ः१२ बजेदेखि ०६ः५६ बजेसम्म काल बेला,

बिहान ०६ः५६ बजेदेखि ०८ः४० बजेसम्म शुभ,

बेला बिहान ०८ः४० बजेदेखि १०ः२४ बजेसम्म रोग बेला,

बिहान १०ः२४ बजेदेखि १२ः०८ बजेसम्म उद्धेग बेला,

१२ः०८ बजेदेखि १ः५२ बजेसम्म चर बेला,

१ः५२ बजेदेखि ३ः३५ बजेसम्म लाभ बेला,

३ः२५ बजेदेखि ५ः१९ बजेसम्म अमृत बेला,

५ः१९ बजेदेखि ७ः०३ बजेसम्म काल बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ