arrow

आईसीसीले दियो नेपाल टी–२० लिगलाई मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
can-ICC.jpg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलाई मान्यता दिएको छ ।

क्यानले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको हो । क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको आधिकारिक टी–२० लिग रहेको काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगिता असोज ८ गतेबाट शुरु भइ कार्तिक ५ गतेसम्म चल्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ