arrow

नेताहरुले गोलमोल प्रवृत्ति अंगाल्दा राजनीतिप्रति जनता रुष्ठ बन्दै जाने

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ साउन १ आइतबार
monthly-horoscope.jpg

मासिक फल : यो महिनामा पाँच आइत, सोम र मंगलबार तथा सूर्य संक्रान्ति आइतबार परेको छ । श्रावणकृष्ण, शुक्ल र भाद्रकृष्णपक्ष श्रावण महिनामा पर्दछ । रविवासरीय संक्रान्ति राष्ट्रलाई उल्लेखनीय सन्तोष नगर्ला । पाँच आइतबारले रोगव्याधि ल्याउने, पाँच सोमबारले खाद्य वस्तुको भाउ अनियन्त्रित गराउने, पाँच मंगलबारले भयपूर्ण वातावरण सृजना गर्नेछ । नेताहरुले गोलमोल प्रवृत्ति अंगाल्दा राजनीतिप्रति जनता रुष्ठ बन्दै जानेछन् । तर प्रशासनिक कार्यको भने सर्वत्र प्रशंसा हुनेछ । पराक्रमी स्वभावको उत्पत्तिले सर्वत्र निराशा छाउने, धर्म कर्मप्रतिको आस्थाले सकारात्मक बनाउनेछ । शैक्षिक जगतमा सुधारको अवस्था आउने देखिन्छ । व्यापारबाट हुने विफलताले आर्थिक सन्तुलनमा धक्का, कृषिजन्य कार्य र पशुपंक्षी पालनको व्यवसाय उच्चतम विन्दुमा पुग्ने, जग्गा जमीन सम्बन्धी कारोबारले प्रतिष्ठित बनाउने, काममा सुख, शान्तिको वातावरण बन्ने, वैदेशिक रोजगारबाट सन्तोष नमिल्ने देखिएको छ । यसैगरी दैनिक उपभोग्य मुख्य खाद्यान्न तथा सुन, चाँदी, मणि, मोती लगायतका बहुमूल्य वस्तु महंगा हुनेछ । मेघबादलको सम्भावनाले कहिं कतै भूक्षय, भूकम्प, बाढी पहिरो, सवारी दुर्घटना जस्ता दैवीय विपत्तिले महिनाभर मौसममा गडबढी मच्चिनेछ । कहिं खण्डवृष्टि, कतै अतिवृष्टि हुनेछ । देशको अन्यत्र भन्दा प्रायशः दक्षिणी दिशामा तनावग्रस्त अवस्था नआउला भन्न सकंदैन । श्रावण ८ गते कामीका एकादशी व्रत, श्रावण १७ गते नागपञ्चमी (नाग टाँस्ने दिन), श्रावण २३ गते पुत्रदा एकादशी व्रत, श्रावण २६ गते पूर्णिमा व्रत, श्रावण २७ गते ऋषितर्पणी, रक्षा बन्धन, जनैपूर्णिमा, गाईजात्रा । अन्नप्राशनः ४, १९, २५ गते गृहारम्भ जगराख्ने मुहूर्तहरूः २५ र २८ गते । दोकान खोल्ने मुहूर्तहरूः ४, ८, ९, १८ र १९ गते । रुद्री जुर्ने दिनहरूः १, २, ३, ५, ८,९, १०, १४, १७, १८, १९, २१, २४, २५, २६, २७, २८, ३० र ३१ गते । अग्नि जुर्ने दिनहरूः २, ४, ६, ८, १०, १३, १६, १८, २०, २२, २४, २६, २९ र ३१ गते ।

मासिक राशिफल :

मेष : मेष राशि भएका व्यक्तिका लागि २०७९ श्रावण महिनाको शुरुवाती दिनमा कला, सङ्गीत, खेलकूद, पर्यटन, वस्त्र, शृङ्गारिक सम्बन्धी कार्य गर्नेलाई शुभ रहने छ । यो महिनामा तपाईंको राशिबाट चौथौ भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय हुनेछ । आय आर्जन बढ्ने छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । घर, जग्गा सम्बन्धी कारोबारमा सुधार हुनेछ । महिनाको मध्यसम्म राम्रो रहनेछ भने मध्यपछि रोग, भोग र शोक बढ्ने सम्भावना रहेको छ । बोलीमा प्रभावकारिता रहनेछ भने विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुनेछ । आय आर्जनमा शुभ रहेको छ । बाहन सुख रहको छ । राहु र भौमको कारण अङ्गारक योगका कारण शारीरिक चोटपटकका साथै मानसिक तनाव बढ्ने देखिन्छ । फलाम र होटल सम्बन्धी कार्य गर्नेलाई सावधानी रहनु पर्ने छ । सेना, पुलिसका साथै सुरक्षा सम्बन्धीमा कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । महिनाको मध्यबाट काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आर्थिक पक्ष सबल नै रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । रोगका साथै मानहानी हुनेछ । तेल, ग्याँस सम्बन्धी काम गर्नेलाई तनाव हुनेछ । ठेकेदारी काममा गर्नेलाई अलि नोक्सान बेहोर्नु पर्ने देखिन्छ । कारोबार गर्दा वा बोल्दा सावधानी अपनाउनु पर्ने छ भने साझेदारी काममा सावधानी अपनाउनु पर्ने देखिन्छ । कृषि सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्नेछ । २० गतेसम्म वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । यसैगरी २० गतेपछि ग्रह गोचर त्यति प्रतिकूल देखिन्न । घरेलु समस्याले सताउनेछ । मित्रहरुले धोका दिनेछन् । विश्वास गरेकाहरुले धोका दिँदा बद्नाम हुन सक्छ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । शैक्षिक क्षेत्रमा घरेलु कारणले बाधा आउनेछ । वैदेशिक कार्यमा र व्यवसायमा घरबाहिर बसेर गरेको निर्णय बढी प्रभावकारी हुनेछ । नोकरी तथा राजनीतिमा प्रतिस्पर्धाले मात्र सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्य बलियो छ । धन लाभ पनि राम्रै हुनेछ । संयमता भने महिना भरि नै अपनाउनु पर्नेछ । प्रेम गर्ने अवसर मिल्नेछ । वैवाहिक कुराहरु अघि बढ्नेछन् । महिनाको अन्तिममा नयाँ कामको शुरुवात हुनेछ । सफलताको लागि गोपनीयतामा जोड दिनुहोला।श्रावण महिनामा मेष राशिका लागि शुभ अङ्क ४, शुभ रङ्ग पहेँला, शुभ दिशा दक्षिण, शुभ देवता लक्ष्मी भगवान् रहेका छन् ।

वृष : वृष राशि भएका व्यक्तिका लागि श्रावण महिनाका राशिफलमा धनधान्यमा वृद्धि हुनेछ । सरकारी पेशामा रहेकाहरूलाई शुभ रहेको छ । घर, भूमि, बाहनको कारोबार गर्नेलाई सावधानी अपनाउनु पर्नेछ । राजनीतिक क्षेत्रमा लागेकाहरूलाई भएका विविध समस्या समाधान हुनेछ । ठेकेदारी, सुन, चाँदीका पेशामा रहेकाहरूलाई शुभ रहेको छ । धार्मिक कार्यमा रहेकाहरूलाई शुभ रहेको छ । भाग्यमा वृद्धि हुनेछ । प्रशासन, राजनीतिक क्षेत्र, विद्युत् सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । भौम र राहु ग्रहको कारण रोग, भोग र शोक दिने छ भने विदेशमा रहनेका लागि अलि सचेत रहनु पर्नेछ । मेकानिकल सम्बन्धी कार्य, छाला सम्बन्धी कार्य गर्नेलाई नोक्सान बेहोर्न पर्नेछ भने पेट सम्बन्धी समस्या आईपर्नेछ । आगो सम्बन्धी कार्य गर्नेलाई समस्या पर्ने देखिन्छ । सेना, पुलिसका क्षेत्रमा रहनेहरूका लागि अलि सचेत रहनु पर्ने देखिन्छ । लेखन कार्यमा, वक्ता सम्बन्धी पेशामा लागेकालाई शुरुवातीमा राम्रो रहेको छ । पत्रकारितामा कामगर्ने, फलाम सम्बन्धी काम गर्नेलाई राम्रो रहेको छ । घर, जग्गा, भूमि बाहन सम्बन्धी वर्ग गर्नेलाई राम्रो रहेको छ । कलाकारिता क्षेत्रमा लागिका, पर्यटन, शृङ्गारिक सम्बन्धी कार्य गर्ने, पर्यटन सम्बन्धी कार्य गर्ने, वस्त्र, आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । राजनीतिक सम्बन्धी क्षेत्रमा लागेकाहरूलाई शुभ रहेको छ । महिनाको अन्ततिर विद्यार्थी वर्गका लागि शुभ रहेको छ । वृष राशिका ब्यक्तिका लागि महिनामा शुभ अङ्क ३, शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व र भगवान् पार्वतीको आराधना गर्दा शुभ रहनेछ ।

मिथुन : मिथुन राशि भएका व्यक्तिका लागि श्रावण महिनामा कार्यमा अलि ढिला हुनेछ । शत्रु पराजित हुनेछन् । मामा पक्षबाट राम्रो रहेको छ । सुरक्षातर्फ कार्यरतलाई शुभ रहेको छ । मुद्दा मामिला सम्बन्धी समस्या समाधान हुनेछ । फलाम, होटल, छाला, मेशिनरी सम्बन्धी काममा सुधार हुनेछ । पेटसम्बन्धी समस्या निवारण हुनेछ । पराक्रम बढ्नेछ । सामान्य र माध्यम रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामूहिक भ्रमणको योग पनि छ । शुभ कार्यको चर्चा समेत चल्नेछ । रिसलाई अधिनमा राख्ने पर्ने अवस्था रहेको छ । डर, त्रास बढ्ने देखिन्छ । सरकारी कार्य गर्ने विद्युतीय काममा लागेकाहरूलाई समस्या समाधान हुनेछ । तेल, ग्याँस, पेट्रोल सम्बन्धी कार्य गर्नेहरूका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ । धार्मिक क्षेत्रमा लाग्नेहरूका लागि शुभ रहेको छ । टाढिएका मान्छे नजिक हुनेछन् । महिनाको शुरुवाती समयमा धन, सुख प्राप्त हुनेछन् । पत्रकारिता क्षेत्रमा लागेकाहरूलाई विभिन्न किसिमका आरोप लाग्न सक्नेछ । अनावश्यक काममा दौडधुप गर्नु पर्ने देखिन्छ । विरोधी पक्ष्यहरु नाश भएर जानेछन् । शरीरमा कान्ति बढ्ने देखिन्छ । वस्त्र, मोडलिङ, शृङ्गारिक सम्बन्धी कार्य गर्नेहरूलाई शुभफल रहेको छ । प्रेम, दाम्पत्य जीवन, वैदेशिक कार्यमा लागेकाहरूलाई शुभ रहेको छ । मिथुन राशिका ब्यक्तिका लागि श्रावण महिना शुभ अङ्क २, शुभ रङ्ग खरानी, शुभ दिशा उत्तर र जुनसुकै शुभ कार्य गर्दा खेरी भगवान् देवीको आराधना गर्नु भयो राम्रो हुनेछ ।

कर्कट : कर्कट राशिका ब्यक्तिका लागि श्रावण महिना वैदेशिक कार्य गर्नेहरूका लागि शुभ रहेको छ । कार्यमा सफलता रहको छ । आय आर्जनमा वृद्धि, घर जग्गा बाहन, फलाम मेशिनरी कार्यमा महिनाको मध्यसम्म शुभफल रहेको छ त्यसपछि केही नोक्सान बेहोर्नु पर्ने देखिन्छ । वैदेशिक कार्य गर्ने, वैदेशिक यात्रा गर्न चाहनेहरूका लागि शुभ रहेको छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । पर्यटन, खेलकूद, वस्त्र, पर्यटन, शृङ्गारिक सम्बन्धी कार्य गर्नेहरूका लागि शुभ रहेको छ । फलाम, सिसा, मेशिनरी सम्बन्धी कार्य गर्नेहरूका लागि अलि सावधानी अपनाउनु पर्ने देखिन्छ महिनाको मध्यसम्म त्यसपछि शुभ फल प्राप्त हुनेछ । कर्मक्षेत्रमा भई रहेको विभिन्न अवरोधहरू समस्याको समाधान हुनेछ । बुवाको स्वास्थ्यमा केही समस्या देखा पर्नेछ । अध्ययनमा राम्रो रहेको छ । चोटपटक लाग्न सक्ने सम्भावना रहेको छ । विरोधी पक्ष पराजित हुनेछन् । विद्यार्थी वर्गका लागि अध्ययनमा शुभ रहेको छ । कुलकुटुम्बको साथ सहयोग, सम्बन्धमा सुधार, धनधान्य वृद्धि हुनेछ । शारीरिक अवस्था मजबुत हुनेछ । सरकारी पेशामा लागेकाहरूका लागि राम्रो रहेको छ । कृषि कार्यमा लाग्नेहरूका लागि शुभ रहेको छ । कर्कट राशिका लागि श्रावण महिनामा शुभ अङ्क १, शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम जुनसुकै कार्य गर्दा खेरी माता पार्वतीको आर्शिवाद लिएर अघि बढ्नुहोस्, शुभ रहनेछ ।

सिंह : सिंह राशिका ब्यक्तिका लागि श्रावण महिना धनधान्यले वृद्धि हुनेछ । कुलकुटुम्ब बिचको सम्बन्धमा सुधार हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । वस्त्र, खेलकूद, पर्यटन क्षेत्रमा कार्य गर्नेहरूका लागि शुभ रहेको छ । कलाक्षेत्रमा लागेकाहरूका लागि समेत शुभ रहेको छ । भोग, विलासमा लाग्नेहरूलाई राम्रो रहेको छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहेको छ । आय आर्जनमा धन खर्च, चिट्ठा सम्बन्धी नयाँ सामाग्रीमा कार्य गर्नेहरूका लागि सावधानी अपनाउनु पर्नेछ । मोबाइल, मेसीनरी, लेखन, पत्रकारिता क्षेत्रमा लाग्नेहरूका लागि खराब रहेको छ । खोज सम्बन्धी कार्यमा लाग्नेहरूका लागि अवरोध रहेको छ । रोग, शोक र भय बढ्ने देखिन्छ । घरका अग्रजहरूमा रोग, चोटपटकको सम्भावना रहेको छ । सेना, पुलिस, सुरक्षा सम्बन्धी कार्यमा रहनेहरूका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ । विरोधी पक्ष बढ्ने देखिन्छ । रक्त सम्बन्धी समस्या बढ्ने देखिन्छ । विविध समस्याहरू आईपर्न सक्नेछन् । सरकारी सेवा, पदमा रहनेहरूलाई हानी हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । ११ गतेबाट विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ । तेल, ग्याँस, खनिज, ठेकेदारी सुनचाँदी सम्बन्धी काममा लाग्नेहरूका लागि सचेत रहनु पर्नेछ । विद्यार्थीवर्ग तथा कृषिसम्बन्धी कार्य गर्नेहरू बढी दौडधुप गर्नु पर्नेछ । सिंह राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क ३, शुभ रङ्ग पहेँलो, शुभ दिशा दक्षिण जुनसुकै कार्य गर्दा खेरी भगवान् लक्ष्मी नारायणको ध्यान गरी अघि बढ्नु भयो राम्रो हुनेछ ।

कन्या : कन्या राशि भएका व्यक्तिका लागि श्रावण महिना आर्थिक श्रोतहरु प्रशस्त देखा पर्नेछन् । आयआर्जनमा वृद्धि हुनेछ । दाजुभाइ, इष्टमित्र बिच सम्बन्धमा शुभ रहनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ । राजनीतिक क्षेत्रमा राम्रो रहेको छ । तेल, फलाम, ग्याँस सम्बन्धी काममा लाग्नेहरूका लागि लाभ रहेको छ । सरकारी जागिरमा लाग्नेहरूका लागि राम्रो रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । विद्युतीय कार्यमा लाग्नेहरूका लागि शुभ रहेको छ । हाड, आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । विद्यार्थीवर्गका लागि अध्ययनमा बढी मिहिनेत गर्नु पर्ने देखिन्छ । अलि बढी डरत्रास बढ्ने देखिन्छ । सेना, पुलिस सुरक्षा क्षेत्र, आगो, मेसीनरी कार्यमा लागेकाहरूका लागि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । फलाम, मोबाइल सम्बन्धी कार्यमा लाग्नेहरूका लागि लाभ रहेको छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । शारीरिक सुखमा कमी, धर्ममा मन लाग्ने देखिन्छ । धन लाभका साथै पर्यटन मोडलिङ, आभूषण, वस्त्र, बिक्रेतामा लाग्नेहरूका लागि राम्रो रहेको छ । प्राइभेट क्षेत्रमा लाग्नेहरूका लागि, भूमि बाहन, औजारमा लाग्नेहरूका लागि लाभ रहेको छ । कूल, पितृको आर्शिवाद लिनु पर्नेछ । कन्या राशिका ब्यक्तिका लागि शुभ अङ्क २, शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व जुनसुकै शुभ कार्य गर्दा खेरी भगवान् शिवजीको आराधना गर्नुभएमा राम्रो हुनेछ ।

तुला : तुला राशि भएका ब्यक्तिका लागि श्रावण महिना कार्यमा सफलता, आयमा वृद्धि हुनेछ । रोकिएका काम सफलतापूर्वक सम्पन्न हुनेछन् । मित्र सुख, राज्यबाट सुख मिल्नेछ भने मनमा पवित्रता बढ्ने देखिन्छ । हाड, आँखा सम्बन्धी समस्या समाधान हुनेछन् । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि लाभ रहेको छ । तेल, ग्याँस सम्बन्धी कार्य गर्नेहरूका लागि शुभ रहेको छ । कार्यमा अलि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । देखा परेका सम्पूर्ण समस्या समाधान हुँदै जानेछन् । विद्यार्थीवर्गमा बढी कडा मिहिनेत गर्नु पर्ने देखिन्छ । सञ्चित धनहानी हुनेछन् । सेना, पुलिस सम्बन्धी चोटपटक लाग्न सक्नेछन् । छाला सम्बन्धी समस्या देखा पर्नेछन् । मेकानिकल कार्य गर्नेहरूका लागि शुभ रहेको छ । विरोधी पक्षहरु परास्त भएर जानेछन् । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यापार व्यवसायमा श्रीः वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । मेशिनरी सम्बन्धी कार्य गर्नेहरूका लागि बढी सावधानी अपनाउनु पर्ने देखिन्छ । साझेदारी कार्यमा हानी रहेको छ । प्रेम तथा दाम्पत्य जीवनमा रहनेहरूका लागि अवरोध रहेको छ । बोलीमा प्रभावकारिता बढ्ने देखिन्छ । पत्रकारिता सम्बन्धी कार्य गर्नेहरूका लागि राम्रो रहेको छ । मित्रजनबाट लाभ रहेको छ । वैदेशिक कार्य गर्नेहरूका लागि लाभ रहेको छ । आर्थिक क्षेत्रमा अनेक बाटाहरू देखा पर्नेछन् । भोग बिलाशका कार्यमा धनखर्च हुने देखिन्छ । राजनीतिक क्षेत्रमा रहनेहरूका लागि लाभ रहेकोछ । मोडलिङ, कला, सङ्गीत, नित्य, पर्यटन, खेल क्षेत्रमा रहनेहरूका लागि शुभ रहेको छ । तुला राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क १, शुभ रङ्ग कालो, शुभ दिशा उत्तरका साथै जुनसुकै शुभ कार्य गर्दाखेरी माता सरस्वतीको आराधना गर्नुहोस् ।

वृश्चिक : वृश्चिक राशिकाका लागि श्रावण महिना कार्यमा सफलता हुनेछ । शत्रु नाश, शारीरिक सुख प्राप्त, धन लाभ हुनेछन् । आटेका सम्पूर्ण कार्य सम्पन्न हुनेछन् । सेना, पुलिस क्षेत्रमा लागेकाहरूका लागि शुभ रहेको छ । आगो, होटल सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ रहेको छ । मेकानिकल, ईलेक्ट्रीकल सम्बन्धी काम गर्नेहरूका लागि कार्यमा सफलता रहेको छ । छाला, हाडसम्बन्धी समस्यामा रहनेहरूका लागि रोग निको हुनेतिर जानेछ । पराक्रम बढ्ने देखिन्छ । रक्त विकार बढ्ने देखिन्छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । शारीरिक सुख रहेको छ । विद्यार्थी वर्गका लागि अध्ययनमा लाभ रहेको छ । पत्रकारिता क्षेत्रमा लाग्नेहरूका लागि लाभ रहेको छ । मोबाइल सम्बन्धी कार्य गर्ने, फलाम सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यपछि मात्र लाभ रहेको छ । मित्रजनबाट धोखा मिल्नेछ । सचेत रहनु पर्ने देखिन्छ । पैतृक सम्पत्तिमा लाभ रहेको छ । मनमा खराब सोच आउने देखिन्छ । राजनीतिक, सामाजिक कार्यमा शत्रु वृद्धि हुने देखिन्छ । तेल, ग्याँस क्षेत्रमा कार्य गर्नेलाई हानी आउने देखिन्छ । शक्तिमा ह्रास आयको महशुस हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । नयाँ काममा हात हाल्ने समय छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।कार्यमा समस्या, सुखमा कमी, धन खर्च महिनाको मध्यसम्म प्रेममा खटपट रहेको छ । कला, सङ्गीत, मोडलिङ क्षेत्रमा लाग्नेहरूका लागि महिनाको अन्त्यतिर राम्रो हुनेछ । वैदेशिक क्षेत्र राम्रो रहेको छ । वृश्चिक राशिका लागि महिनामा शुभ अङ्क ९, शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम जुनसुकै कार्य गर्दा गुरु गणेश भगवानको आराधना गर्नुहोस् ।

धनु : धनु राशि भएका ब्यक्तिका लागि श्रावण महिनाको बोलीमा प्रभावकारिता बढ्नेछ । लेखन तथा पत्रकारिता क्षेत्रमा लाग्नेहरूका लागि सुख रहेको छ । गाडी, बाहन सुख रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ । फलाम, सिसासम्बन्धी कार्यमा लाभ रहेको छ । कुलकुटुम्बबाट लाभ रहेको छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय हुनेछ । महिनाको मध्यपछि धनहानी, रोग, शोक र भय बढ्ने देखिन्छ । सरकारी क्षेत्रमा रहनु भएकाहरूलाई सचेत रहनु पर्ने देखिन्छ । तेल ग्याँस सम्बन्धी कार्य गर्नेहरू सावधानी अपनाउनु पर्ने देखिन्छ । ठेकेदारी सम्बन्धी कार्य गर्नेहरू अलि सचेत रहनु पर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा अवरोध हुने देखिन्छ । सेना, पुलिसका साथै सुरक्षा क्षेत्रतिर कार्य गर्नेहरू अलि बढी सचेत रहनु पर्ने देखिन्छ । आज आर्जनमा वृद्धि हुने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । महिनाको उत्तरार्धबाट भने धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ । मन पर्ने वस्त्र, अलंकार उपहार आदि पाइने योग छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेम सम्बन्धमा मधुरता पनि छाउनेछ ।प्रेम तथा दाम्पत्य जीवनमा सुधार आउने देखिन्छ । मनोरञ्जन सम्बन्धी कार्यमा खर्च बढ्ने देखिन्छ । विरोधी पक्षहरु बढ्ने देखिन्छ । धनु राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क ८, शुभ रङ्ग सेतो, शुभ दिशा दक्षिण र जुनसुकै शुभ कार्य गर्दाखेरी भगवान् शिवजीको आराधना गर्नुहोला ।

मकर : मकर राशि भएका व्यक्तिका लागि श्रावण महिनामा वैदेशिक सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ रहेको छ । घर छोडेर बाहिर टाढा जानु पर्ने अवस्था आउन सक्नेछ । शत्रु नाश हुनेछ । कार्यमा सिद्धि हुनेछ । महिनाको मध्यपछि शुभ रहेको छ । बोलीमा प्रभावकारिता बढ्ने देखिन्छ । विरोधी पक्ष्यबाट भय डर त्रास बढ्ने देखिन्छ । शरीरमा आलस्यता बढ्ने देखिन्छ । भूमि, जमिनबाट लाभ रहेको छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । पेट छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । आलस्यतापन बढ्ने देखिन्छ । भूमि, जमिनबाट लाभ रहेको छ । माताको स्वास्थ्यमा समस्या बढ्ने देखिन्छ । होटल सम्बन्धी कार्यबाट कष्ट खर्च बढ्ने देखिन्छ । साझेदारी पेशामा सावधानी अपनाउनु पर्ने देखिन्छ । सरकारी जागिरमा रहनेहरूलाई समस्या बढ्ने देखिन्छ । राजनीतिक क्षेत्रमा लाग्नेहरूलाई, सुन, धातु पेसामा लाग्नेहरूलाई विभिन्न आरोप समस्या आई पर्नेछन् । कृषि सम्बन्धी कार्यमा लाग्नेहरूलाई सफलता प्राप्त हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा अवरोधका साथै आलस्यता पन बढ्ने देखिन्छ । पर्यटन, शृङ्गारिक, मोडलिङ, खेलकुद, वस्त्र सम्बन्धी कार्य गर्नेहरूका लागि सचेत रहनु पर्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । मकर राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क ७, शुभ दिशा पूर्व, शुभ रङ्ग सेतो रहेको छ भने जुनसुकै शुभ कार्य गर्दा भगवान् शिवजीको आराधना गर्नुहोस् ।

कुम्भ : कुम्भ राशिका लागि श्रावण महिना विरोधी पक्ष्यहरु परास्त भएर जानेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । प्राकृतिक प्रकोप बढ्ने देखिन्छ । सरकारी, सामाजिक, राजनीतिक कार्यमा लाग्नेहरूका लागि लाभ रहेको छ । धार्मिक क्षेत्रमा लाग्नेहरूका लागि लाभ रहने छ । सुन, चाँदी, फलाम, तेल सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ रहेको छ । कार्यमा सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेममा सुधार रहने छ । साझेदारी पेशामा लाग्नेहरूका लागि मध्यम किसिमको फल रहेको छ । जुनसुकै कार्य गर्दा बढी सचेतका साथै सावधानी अपनाउनु पर्ने देखिन्छ । पराक्रममा वृद्धि हुनेछ । मेसिनरी, औजार, सेना, पुलिस, मेकानिकल, होटल सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ रहेको छ । विरोधी पक्षहरु परास्त हुने देखिन्छ । खर्च बढे पनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्ने देखिन्छ । पत्रकारिता क्षेत्रमा लागेकालाई आरोप लाग्ने सक्नेछ । सवारी साधन चलाउनेले अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा खटपट बढ्ने, सन्तान सुखमा चिन्ता बढ्ने, शत्रु हानी हुनेछ । राजनीतिक क्षेत्रमा लागेकाहरूलाई अलि बढी मिहिनेत गर्नु पर्ने देखिन्छ । कला, संस्कृति, सङ्गीत, नित्य, कृषि कार्यमा मध्यम किसिमको लाभ रहेको छ । कुम्भ राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क ६, शुभ रङ्ग कालो, शुभ दिशा उत्तर जुनसुकै शुभ कार्य गर्दा भैरवको आराधना गर्नुहोस् ।

मीन : मीन राशिका लागि २०७९ श्रावण महिना आर्थिक क्षेत्रमा धनलाभ हुनेछ । आय आर्जनमा वृद्धि हुनेछ । गीतसङ्गीत, भोगबिलाश, नित्य, मोडलिङ, वस्त्र, शृङ्गारिक सम्बन्धी कार्य, पर्यटन सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ हुनेछ । भूमि, घरबाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । कार्यक्षेत्रमा बढी ध्यान दिनु पर्नेछ । सञ्चित धन हानी हुनेदेखिन्छ । वाणीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । सवारी साधन, पत्रकारिता, लेखन कार्यमा लागेकालाई सावधानी अपनाउनु पर्नेछ । साझेदारी कार्यमा सावधानी अपनाउनु होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । नयाँ काम प्रारम्भ गर्ने मौका छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग पनि छ । विरोधी पक्षबाट हानी हुनेछ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । कुलकुटुम्बबाट साथ सहयोग मिल्ने देखिन्छ । छाला, पेट सम्बन्धी समस्याबाट सावधानी अपनाउनु पर्ने देखिन्छ । होटल, मेसिनरी सम्बन्धी कार्य गर्नेहरूलाई हानी हुने देखिन्छ । सुरक्षा क्षेत्र, सेना, पुलिसमा कार्य गर्नेहरूका लागि हानी हुनेछ । धनबृद्धि हुने देखिन्छ । मानसिक तनाव बढ्ने देखिन्छ । राजनीतिक क्षेत्रमा शत्रुबृद्धि हुनेछन् । विद्यार्थीवर्गमा अध्ययन कार्यमा लाभ रहेको छ । मीन राशिका ब्यक्तिका लागि श्रावण महिनामा शुभ अङ्क ५, शुभ रङ्ग निलो, शुभ दिशा पश्चिम र जुनसुकै शुभ कार्य गर्दा आफ्नो कुलदेबतालाई सम्झिएर कार्य गर्नुहोस् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ