शेखरको प्रश्न : कसको रुचीमा हतियार खरिद गर्न लागिएको हो ?
विदेशी मुद्रा संचिति बढाउनु पर्ने बेला नयाँ हतियार किन्न आवश्यक छैन
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
1k
Shares
नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विदेशी मुद्रा सिञ्चिति घटिरहेको अवस्थामा नेपालमा हतियार खरिद गर्न आवश्यक नरहेको बताएका छन् । गैंडाकोटको एक कार्यक्रममा डा. कोइरालाले यस्तो प्रतिक्रिया दिएका थिए ।
नेता कोइरालाले विदेशी मुद्राले ६ महिना धान्न सक्ने अवस्था भइरहँदा 'कसको रुचिमा हतियार खरिद गर्न लागिएको हो ?' भनेर प्रश्न गरेका थिए ।
'हतियार इटलीमा बनेको छ एजेन्ट चाइनीज छन् यो सब किन भइरहेको छ ?,' उनले भने, 'यो हतियार खरिद गर्ने बेला होइन । विदेशी मुद्रा सिञ्चिति बढाउन सरकारले ध्यान दिनु पर्ने समयमा हतियार खरिद प्राथमिकतामा राख्न हुँदैन ।'
नेता कोइरालाले अनावश्यक वस्तु खरिद गरेर विदेशी मुद्रा खर्च गर्ने काम नियन्त्रण हुन आवश्यक रहेको सुझाव दिएका थिए ।
यस्तै सरकारमा रहेका दलहरूले भ्रष्टाचार नगर्ने र सुशासन दिने भनेर मात्रै नहुने र कार्यान्वयन पनि गर्नुपर्ने उनको भनाइ थियो । तर भ्रष्टाचार र बेथिति नियन्त्रण गरेमा देश जोगिने उनको तर्क थियो ।
यस्तै अर्को एक उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले फरक मत राख्न पाउनुपर्ने अधिकारको सम्मान गरिनुपर्ने बताएका थिए ।