arrow

जुन देशमा वार्षिक लाखौं महिलाले गर्छन् अवैध गर्भपतन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
philippines-abortion-ban.jpg

काठमाडौं । गर्भपतन अवैध रहेको फिलिपिन्समा आफ्नो स्वास्थ्यको जोखिम मोलेर वार्षिक लाखौं महिलाले गर्भपतन गर्ने गरेका छन् । फिलिपिन्स सेफ एबोर्शन एड्भोकेसी नेटवर्क (पिनसान) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

पिनसानकी प्रवक्ता वकिल क्लारा रिटा पाडिलाले फिलिपिन्समा गर्भपतन कानूनको प्रगतिशील व्याख्या गरिए पनि बलात्कार जस्ता गम्भीर घटनाहरूमासमेत गर्भपतनको अधिकार नदिनु न्यायपूर्ण नभएको टिप्पणी गरेकी छिन् ।

पिनसानद्वारा २०२० मा गरिएको एक अध्ययनले फिलिपिन्समा १२ लाख ६० हजार गर्भपतन गरिएको देखाएको थियो । यो संख्या प्रत्येक वर्ष बढ्दै जाने अध्ययनले देखाएको थियो ।

फिलिपिन्स विश्वविद्यालयले गरेको अर्को अध्ययनले पनि देशमा हरेक वर्ष ११ लाख गर्भपतन हुने अनुमानको निष्कर्ष निकालेको थियो ।

एक बहुसंख्यक क्याथोलिक देश र पूर्व अमेरिकी उपनिवेश फिलिपिन्समा यसरी जोखिम मोलेर गर्भपतन गराउनेमा २५ वर्ष मुनिको महिलाहरुको संख्या बढी छ ।

अमेरिकाको सुप्रीम कोर्टले रो भी. वेड १९७३ को निर्णयलाई खारेज गरेपछि गर्भपतनको लागि अभियोजन अब संयुक्त राज्यमा पनि लाखौं महिलाहरूको लागि यो जोखिम हो । 

त्यहाँ राज्यहरूले गर्भपतनबारे कानून लागू गर्न पाउँछन् । कुनै राज्यमा वैधानिक छ भने कुनैमा अवैधानिक छ ।

फिलिपिन्समा धेरै महिलाहरूले जोखिमहरूको वास्ता नगरी अनावश्यक वा अव्यवहारिक गर्भधारणको लागि अन्य समाधानहरू खोज्छन् ।

खासगरी न्युनवर्गाीय महिलाहरु जोखिमपूर्ण गर्भपतन गर्न बाध्य रहेका छन् । क्याथोलिक चर्चका प्रमुख र सन् २०१३ देखि भ्याटिकन सिटी राज्यको सार्वभौम रहेका पोप फ्रान्सिसले गर्भपतन हिटम्यानलाई काममा राख्ने जस्तै भएको भन्दै गर्भपतनलाई अवैधानिक ठहर गर्ने अमेरिकी सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरेको बताएका थिए ।

'यो मानव जीवन हो,' उनले रोयटर्ससँग बोल्दै भनेका थिए,'नैतिक प्रश्न यो हो कि कुनै समस्या समाधान गर्नका लागि मानवको जीवन (ज्यान) नै लिनु उचित छ कि छैन ?'

जनवरीको शुरुमा आयोजित एक अन्तर्वार्तामा तत्कालीन राष्ट्रपतिका आशावादी एवं वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले गर्भपतनको बारेमा आफ्नो विचार राख्दै उनले केही गम्भीर केसका लागि यसलाई वैधानिक बनाउने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ