arrow

क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुको अप्रत्याशित राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
pubudu-dassanayake-coach-crickeet.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आफ्नो पदबाट राजीनामा घोषणा गरेका हुन् । 

उनले आफ्नो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक दासानायकेलाई गत गत वर्ष मङ्सिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । उनले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका हुन् । 
     
दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बङ्गलादेशमा आयोजित आईसीसी टी–२० विश्वककप प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

त्यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन ।  

यसैसाता स्कटल्याण्डमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत घरेलु टोली स्कटल्याण्ड र नामिबिया बीचको त्रिकोणात्मक एक दिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बनेका थिष्ए । 

त्यतिबेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ