arrow

प्रचण्डलाई भेटेर फर्किएपछि डा. भट्टराईले के लेखे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
baburam2.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग मिलेर नयाँ पार्टी गठनमा लागि परेका छन् । जनता समाजवादी पार्टीमा खटपट भएपछि जसपाले कारबाही गरेका ९ सदस्य बोकेका डा. बाबुरामले वामपार्टीबीच एकताको प्रस्ताव गरेका छन् । 

 केही दिन अघि वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि विचार मिल्नेसँग एकता गरिने प्रचण्डले बताएका थिए । योसँगै डा. बाबुरामले बिहीबार प्रचण्डलाई ललितपुरमा भेटवार्ता गरेका छन् । 

भेटमा डा. बाबुरामले पार्टी एकीकरण गर्नुपर्ने बताएका थिए । प्रचण्डले पनि नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्ताव गरेका थिए । 

भेटपछि डा. बाबुरामले आफुले प्रस्ताव गरेको पार्टी कस्तो हुनुपर्ने भनेर एक ट्विट गरेका छन् । ट्विटमा नेपाल साप्ताहिकमा उनले बताएका कुरा उल्लेख गरेका छन् । डा. बाबुरामले नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा देखाएका थिए। जसमा पुरानै पार्टीहरूको रूपान्तरण, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण र शून्यबाट नयाँको जन्म भनेका छन् । उनले अहिलेको समाजवादी केन्द्रको चर्चा पुरानै पार्टीहरूको रूपान्तरण र विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरणको मिश्रण भएको बताएका छन् । 

ट्विटमा उनले लेखेका छन्,' २ चैत २०७० को नेपाल साप्ताहिकको अग्र लेखमा मैले नयाँ वैकल्पिक शक्ति निर्माणका २ वा ३ बाटा बताएको थिए। एक, पुरानै पार्टीहरूको रूपान्तरण; दुई, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण; तीन,शून्यबाट नयाँको जन्म।अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोस्रोको मिश्रण हो है!हेरौँ!' 

 

पछिल्लो समय तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालयका बहुमत सदस्य पनि बाम एकताका जोड्न दिन थालेका छन् । बुधवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ भेला भएर छलफल गरेका थिए । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आएसँगै वामपन्थी दलहरु एक हुने प्रयासमा छन् । यसको नेतृत्व प्रचण्डले गर्दै पुन: शक्तिकेन्द्र निर्माण तर्फ उद्धत भएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ