arrow

धम्क्याएर खान पाउने भ्रम अब नपाल्न प्रचण्डलाई ओलीको जवाफ [भिडियो]

हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
kp-oli-07-11.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिए । 

अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उनले शनिबार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरूले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरू प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । उनले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गरे । 

उनले भने, ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ