- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । प्रचण्डले सरकारको सय दिन असफल रहेको उल्लेख गरे । उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे ।
वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए । प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको बताए । सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए ।
उनले भने, ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्ने कुरा त मैले सुरुमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शङ्का छ र त्यो शङ्का मेरो रही राख्छ ।’