- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आप्का हाउसले राति साढे ८ बजेदेखि घर पुर्याइदिने व्यवस्था गरेको थियो । म पनि त्यसपटक अर्ली ड्रपमा घर जानेमा परेँ । अफिसबाट अलिकति अनामनगर घट्टेकुलो चोकतिर मात्र गाडी लागेको थियो, चालक भाइले एउटी युवतीको ब्याक पार्टमा प्याट्ट हान्यो ।
ऊ बाहिर सडकमा हिँड्दै थिई । हामी गाडीभित्रका सबैले त्यो घटना देख्यौं । यसले मलाई आश्चर्यचकित पार्यो । काठमाडौंका सबै कुनाकुना घुम्दै गाडी अन्तिममा बानेश्वर पुग्यो । म थापा गाउँमा बस्थें । अन्तिममा जब चालक भाइ र ममात्र बाँकी रहेपछि अघिको कुरो सोधें । उसले स्वभाविक उत्तर दियो मेरो जीएफ हो ।
अब म झन् तीन छक्क परें । उसले भोलि प्रमाणित गरिदिने वाचा गर्यो, म झरें । घरमा यसबारे कुरा गरें । मेरी घरकी पनि छक्क परिन् । किन युवतीहरु यस्ता काममा लाग्छन् । यस्तैयस्तै कुरो भो ।
भोलिपल्ट म अलि छिटै अफिस गएँ । मेरो नाइट ड्युटी भएकाले ५ बजेमात्र जानु पर्दथ्यो । तर मलाई हिजोको कुरो पत्ता लगाउनु थियो । यति धेरै यसले किन चासो राख्यो भन्नुहोला । कारण थियो त्यो केटी मेरो क्लासकी सबैभन्दा अब्बल विद्यार्थी थिई । उसको घर यतै वरिपर नै हुनुपर्दछ । मैले कहिल्यै सोधिँन । अझ यो घटनापछि त सोध्ने हिम्मत पनि गरिन ।
त्यसदिन म चारै बजे अफिस गएँ । त्यो भाइ पनि कतिबेला आउला र आफ्नो बढाइँ गरौंला भनेर बसेको रहेछ । हामी सरासर गयौं । त्यही अनामनगरबाट घट्टेकुलोतिर छिर्ने चोकमा । उनले मलाई मिरमिरे रेडियोको छेउँमा चिया पसलमा चिया खाँदै गर्न भन्यो ।
म पर्दामा लुकेर हैर्दै थिएँ । पाँचै मिनेटमा उ त्यो केटीलाई अंगालो मारेर बाटो लाग्यो । म अत्यन्तै आश्चर्यमा परें । भरे फेरि उससँग भेट भयो । राति अन्तिम ड्रपमा । फेरि उसले मिलाएर मलाई अन्तिममा झार्ने भयो । चाबहिलमा म र ऊबाहेक सबै झरेपछि राति चिया बेच्नेसँग चुरोट किनेर सल्काएपछि उसले कहानी शुरु गर्यो ।
छोटकरीमा भन्दा उसले महिनावारी कोठाको भाडा तिरिदिँदो रहेछ । यसको बदलामा भाइले मस्ती मार्न पाउने शर्त रहेछ ।
म अझ छक्क परें । सोधें, हैन उसलाई घरबाट खर्च दिँदैनन् ?
पुग्दैन रे, उसले स्वभाविक जवाफ दियो ।
अर्को घटना –
मेरो छिमेकमा बिहानै ५ बजे दूध ल्याउने एउटा भाइ छ । त्यतिबेला कलाकार मिरुनामाथि हातपात भएको थियो । पत्रिकामा आयो । भर्खर आइपुगेको पत्रिका समाउँदै मैले कुरा निकालेँ । हैन महिलामाथि किन यस्तो व्यवहार भएको होला ?
त्यो चालक भाइले झन् अचम्म लाग्ने कुरा गर्यो । दाइ खै यस्ता त कति भए कति । ड्राइभरको जागिर । बाटोमा कस्ताकस्ता मान्छे भेटिन्छन् । कहिलेकाहिँ त दाइ एउटा डेरी मिल्कमा पनि पाइन्छ ।
उसले यौनका कुरा जोड्यो ।
भाइ रोग र घर व्यवहारमाथि ख्याल गर्नू नि !
उसले फेरि स्वभाविभक जवाफ दियो – दाइ शुरुमै कुरा गरिन्छ । हामी त बाटोमा हिँड्ने मान्छे । जहाँ मादल भेटिन्छ, बजाइन्छ तर भिरेर हिँडिन्न ।
अब अझ अचम्म लाग्यो । हैन यस्तै छ र ?
मेरो प्रश्न खसेको मात्र के थियो । उसले भनिहाल्यो । फिल्म र फेसबुकको कमाल नि दाइ ।
मलाई फेरि सानो छँदाको याद आयो ।
त्यतिबेला हाम्रो जग्गाको मुद्दा थियो । म जम्मा २ कक्षामा पढ्थें हाम्रो पाँचथरमा । तारेख लिन बुबाले साथी बनाएर फिदिम लानुहुन्थ्यो, महिनामा एक पटक । अदालत र सीडीओे कार्यालय आमनेसामने थिए ।
त्यसदिन बुबा तारेख लिन भित्र छिरेपछि म बाहिरै बसेको थिएँ । सीडीओे कार्यालयमा मानिसहरु बेसरी हाँसेको सुनेँ । मलाई पनि के रहेछ भन्ने लाग्यो । टाउकोमा टोपी भएकाले म पनि जिल्ला प्रशासनमा छिरेँ । सीडीओ कार्यालय छिर्न त्यतिबेला टोपी अनिवार्य थियो । कुरो हो २०३४ सालको ।
त्यहाँ त्यस्तै अचम्मको घटना देखेँ । एउटा मेरै उमेरको, त्यस्तै आठ नौ को हुँदो हो । केटोको याैनाङ्ग बेस्सरी सुन्निएको । उसको बाबु बुरुक, बुरुक उफ्रिँदै गरेको । कर्मचारीहरु छेवैमा बसेकी किशोरीसँग बयान लिँदै । अनि कसरी, कसले शुरु गरेको यस्तै यस्तै छिल्लिएका प्रश्न । ती युवतीले सरासर दृश्य बयान गरिन् ।
‘खर काट्न गएका थियौं । गर्मीले मलाई उत्पात भयो । मलाई यो भाइले गर्ला जस्तो लाग्यो र उसलाई सिकाएँ तर काम गर्न सकेन । मैले जबरजस्ती...। ऊ रोयो अनि छोडिदिएँ । कसैलाई नभन्नु भनेकी थिएँ तर उसलाई यस्तो भएछ, हल्ला भैहाल्यो’, उसको स्वभाविक जवाफ ।
फेरि कर्मचारीको हाँसो । यसलाई त आर्मी क्याम्प पठाइदिए भो त । एक जनाले भने । बिचरा केटीको बाबु गम्छाले मुख छोपेर बसेको थियो ।
यी त भए देखे सुनेका घटना ।
हामी मानिस सभ्य हुने नाममा आफ्ना चाहना दबाउँछौं । त्यसो त सोचेको कहाँ पुग्छ र । त्यसैले यसो मौका पायो कि यस्तै हर्कत गर्न बाध्य हुन्छौं । चाहे पर्खाल चढेर अर्काकोमा छिर्ने होस्, चाहे गाडीको सदुपयोग । मानिसलाई चौबीसै घण्टा यौन सुखको चाहना हुन्छ ।
यस सम्बन्धमा एउटा पियर रिभ्युड अनुसन्धानको चर्चा गरौं । सबैलाई जानकारी भए राम्रो । अमेरिकी मनोविद् डा. ज्वान भिलिनेजले लेखेको अनुसन्धान प्रतिवेदनमा अर्की अमेरिकी मनोविद् डा. भेलिन्डा रिंगिजले गरेको रिभ्युसहितको प्रतिवेदनमा गत वर्षदेखि गुगलमा राखिएको छ । खोजे भेटिन्छ ।
उनीहरुको अध्ययनअनुसार नियमित यौनमा रम्नेहरुको रोगसँग लड्न सक्ने क्षमता बढ्छ । मुटु सम्बन्धी रोगमा कमी आउँछ र तनावबाट मुक्ति मिल्छ ।
त्यस्तै महिनामा कम्तीमा पनि २१ पटक स्खलित हुने मानिसमा प्रोस्टेट क्यान्सर हुने सम्भावना न्युन हुन्छ । त्यसो त ५० कटेका ५० प्रतिशत पुरुषमा प्रोस्टेटको समस्या पर्छ ।
नियमित यौनक्रिडा गर्नेलाई प्रोस्टेट समस्या भने नहुने उनीहरुको अध्ययनले देखाएको छ ।
तर उनीहरुकै अध्ययनका क्रममा १८ हजार मानिसबीच सर्वेक्षण गर्दा भने यौनमा लिप्त नहुनेहरु पनि खुशी नै हुने देखिएको छ ।
एक वर्षदेखि ब्रह्मचर्यमा रहँदै आएकामध्ये १२ प्रतिशत पुरुष र २६ प्रतिशत महिलाले आफूहरु खुशी नै रहेको बताएका थिए ।
त्यस्तै आठ प्रतिशत पुरुष र साढे १७ प्रतिशत महिलाले बितेका ५ वर्षयता यौनमा सहभागी नभए पनि आफूलाई खास वास्ता नभएको बताएका थिए ।
तर उनीहरु दुवै खाले मानिसहरु आफू खुशी नै रहेको बताएका थिए । बाँकी करिब ८६ प्रतिशत सहभागीले भने आफू यौन बिना तनावमा रहने बताएका थिए ।
यस्तो विषयमा हामी कहिल्यै गम्भीर बनेनौं । न यसबारे घरपरिवारमा छलफल हुन्छ । न त विद्यालय, विश्वविद्यालयले नै यौनबारे अध्यापन गराउँछ ।
मानिसको सबैभन्दा पहिलो आवश्यकताबारे यसरी गुमराहमा बस्नु परेपछि सभ्यता कसरी अघि बढ्छ ?
अंग्रजी साहित्यकार जर्ज बर्नार्ड शाले भनेझैं विश्वका आधा मानिस पागल भइसकेका छन् । कारण यस्तैयस्तै सामाजिक कारणले ।
त्यसैले यस विषयलाई समाजका हरेक तहका मानिसले बुझ्नुपर्दछ । राज्यले यसबारे स्पष्ट नीति ल्याउनु पर्दछ । विद्यालयमै यौनबारे पढाइ हुनुपर्दछ । पढाइ गराउँ । ताकि किशोरावस्थामा पुग्दा बालबालिकाले यसबारे राम्ररी बुझुन् ।