arrow

काठमाडौँ महानगरलाई सामुदायिक विद्यालयको सटर बन्द नगर्न उच्च अदालतको आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ