arrow

विद्यार्थीलाई जीवन रक्षा सचेतना कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
world-drowning-prevention-day.jpg

काठमाडौं । नेपाल लाइफ सेभिङ्ग एसोसिएसनको आयोजनामा सोमबार जेम्स स्कुल धापाखेलमा “पानीबाट हुने दुर्घटनामा सचेतना” कार्यक्रम सम्पन्न भएको छ ।

गत वर्षदेखि संयुक्त राष्ट्र संघले जुलाई २५ का दिनदेखि सचेतना दिवसको रुपमा मनाउन थालेको अवसरमा नेपालमा पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न विद्यालयका ६० जना पौडी खेलाडीहरु सहभागी भएको सो सचेतना कार्यक्रममा नेपाल लाइफ सेभिङ्ग एसोसिएसनका महासचिव युवराज सुनुवारले पानीमा दुर्घटनामा परेका ब्यक्तिलाई आफू सुरक्षित भइ कसरी बचाउन प्रयास गर्ने भन्ने सम्बन्धी तरिकाहरु सिकाएका थिए । 

कार्यक्रममा एशोसियसनका अध्यक्ष विनोद सेठाईले स्वागत मन्तब्य राखेका थिए । यस्तै जेम्स स्कुलका निर्देशक शौरभ सिंहले कार्यक्रमको उपलब्धिबारे जानकारी प्रदान गरेका थिए ।

संयुक्त राष्ट्र संघले यस वर्ष “एक जनाले एक जनालाई सचेतना” सम्बन्धी जानकारी गराउने नाराका साथ सचेतना दिवस मनाइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ