arrow

बाँकेमा गडेरिया दम्पती मृत भेटिए, हत्याको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
bake-murder.jpg

नेपालगन्ज । बाँकेको कोहलपुरमा गडेरिया दम्पती मृत अवस्थामा भेटिएका छन् ।  कोहलपुर  नगरपालिका वडा नम्बर १४ पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया मङ्गलवार बिहान मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार  घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको देखिएको छ। सुतिरहेको अवस्थामा मृत फेला परेका दम्पतीमध्ये  कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको बाँके प्रहरीले जनाएको छ।  मृतक दम्पती एक वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएको बताइएको छ।

 घटना शङ्कास्पद भएका कारण शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको छ । घरमा  बिहान कोही  नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान अघि बढाइसकेकाले  विस्तृत विवरण अनुसन्धान पश्चात्  मात्रै आउने बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ