तीन दिने भ्रमणमा नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
1.1k
Shares
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले साँझ मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ ।
दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लेलगत्तै गन्तव्यमा लम्कदै लू