arrow

गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार गुरुङ र तिमिल्सेनालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Ram gurung-Ram pd timilsina.jpg

पोखरा  । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ । 

पत्रकार गुरुङले २०७७ र तिमिल्सेनाले २०७८ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि साउन २० गते प्रदान गरिने भएको छ । 

पत्रकारद्वय गुरुङ र तिमिल्सेनाले पोखरामा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आइरहेका छन् । गुरुङ विशेषगरि फोटो पत्रकारितामा सक्रिय छन् भने तिमिल्सेना रेडियो नेपाल र गण्डकी बहस डटकममा आवद्ध छन् ।

अग्रज पत्रकार कोमलनाथ बराल संयोजक, कृष्णप्रसाद बास्तोला र श्याम कुँवर सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको सोमबार सम्पन्न बैठकले अनुमोदन गरेको हो । बैठक पत्रकार महासंघका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



नयाँ