arrow

बाढी पहिरो पीडितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको खाँणको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
balkrishna-khand.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् । म्याग्दी, चितवन लगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाँणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् । 

केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ