- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा बहाव बढेसँगै कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।
सप्तरी प्रहरीले तटबन्ध छेउका बस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पानीको बहाव बढेपछि जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढा लगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च जोखिममा रहेका छन् ।
कोसी ब्यारेजमा २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव रहेको छ । साथै उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा कोशीले धार परिवर्तन गरेर कटान गरेको छ ।