arrow

निधी पुगे भाजपा कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
nidhi-bhajapa.jpg

काठमाडौं । छिमेकी मुलुक भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

बुधबार निधी र चौथाइवालेबीच भारतीय जनता पार्टीको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा दुवैबीच नेपाल भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको थियो । 

अयोध्या पुगेर निधीले राम मन्दिरमा धनुष राख्न प्रस्ताव गरेका छन् । निधीले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताएका थिए । 

चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ