arrow

राष्ट्रिय सभाको बैठक आज बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
upper-house2.jpg

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो ।

संसद सचिवालयका अनुसार बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
 



नयाँ