arrow

भारतीय प्रभाकर बने नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
manoj-prabhakar-coach-can.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । 

पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहेका प्रभाकरलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । 

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमासमेत काम गरेका थिए । 

यसैगरी उनले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताएका थिए । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए । 

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ