संसारमा जुनसुकै राष्ट्रको पनि आफ्नै प्रकारको विशिष्ट संस्कृति हुन्छ । आफनै संस्कार चालचलन हुन्छन । यसलाई त्यहाँको समाज र राज्यले संरक्षण संवद्र्धन गरिरहेको हुन्छ । जिवन्त बनाईरहेको हुन्छ । हाम्रो देशमा पनि थुप्रै यस्ता आ–आफ्नो मौलिकता अनुसारका चाडपर्व मेला, जात्रा, उत्सवहरु छन् जसले आफ्नो गाँउ, ठाउँ र सिंगो राष्ट्रको नै हरेक पक्षलाई समेटेका हुन्छन । यीनै विविध संस्कृतिका, विविध रङहरुको हाम्रो जिन्दगीलाई साहित्यकला र गीत संगीत जस्ता सम्पदाहरु हाम्रो उर्जाका स्रोत हुन् ।
हाम्रा जिवन प्रद्धतिका संग्ला मुहानहरु हुन यीनै भित्र हामी बाँचेका छौ । हाम्रो समाजमा प्रचलित धेरै चाडपर्वहरुको विधि विधानको र बैज्ञानिक ढङगले व्यवस्थापन गरेको तिनलाई मनाउने सिप शैलिहरुको पनि सुचिकृत गरेको छ । यसले हामिलाई मार्ग दशर्न पनि दिईरहेको छ । हाम्रै मौलिकतालाई पनि रसिलो बनाएका छन् । बहु जनजाति भाषाभाषि बहु संस्कृतिको सुन्दर संगमस्थल हाम्रो राष्ट्र एउटा सुन्दर फुलबारी बनेको छ । जहाँ विविध थरीका पुष्प गुच्छाहरु पाउन सकिन्छ । तिनै पुष्पका सुगन्धहरुले हाम्रो जिवनलाई सुगन्धित बनाईरहेको हुन्छ ।
यस्तै हाम्रो रमाईलापर्वहरु मध्येको तीजपर्व अत्यन्त मौलिक पर्वका रुपमा हामीले मनाउँदै आएका छौ यो पर्व विशुद्ध विवाहित चेली र माईति अर्थात बाबाआमा दाजुभाई दिदिबहिनी साथि संगी मावली फुपु सानिमा ठुलीआमा विचको परिवारीक मिलनविन्दुको पर्वको रुपमा मानिन्छ । भाद्र शुल्ल तृतियाका दिन देखि पंचमी सम्म मनाईने तिज महिलाहरुको दर खाने ब्रत बस्ने गणेश चौथी, सप्तऋषिको पुजाआजा र नाचगानमा बिताईने ब्रतोस्वमय सांस्कृतिक अनि संगीतिक चाड हो ।
पौराणिक किंवदन्तिअनुसार हिमालयले आफ्नी सुपुत्री पार्वतीलाई विष्णुसँग विवाह गराईदिने अठोट गरेका थिए तर मनमनै महादेबलाई बरण गरेकी पार्वतीले आफ्ना संगिको साथमा हरित लुकाईएकी भई रातभर जाग्राम बसेर मानोकाक्षा पुरा भएको स्मृतिमा तिजलाई हरितालिका भनिने गरेको किंबदन्ती पाईन्छ । आफुले चाहेको बर प्राप्ति, पापनाश शौभाग्यवति हुने कामनाले शिवजीको ब्रतका साथ मनाउने चलन छँदै छ, तिजलाई अझ सांगीतिक चाडका रुपमा पनि मान्न सकिन्छ । किनभने नाच र गीतविना तिजै अधुरो नै हुन्छ । परम्परादेखि दुखित र प्रफुल्लित लोकह्दयको अनुभुति समेटि लोकबाजाको साथमा सबै ठाँउ र समयमा स्वतः स्फुर्त अवैयक्तिक लयात्मक र कलात्मक रुपमा सुनाईने स्वरलहरी नै खासमा लोकगीत हो यस्तै लोगीतका सुमधुर भाकाहरुको प्रस्तुति तिजका गीतहरुमा रहेको पाईन्छ ।
तिजमा खासगरी विवाहित भएर घर खान गएका , परिश्थितिले धेरैवर्ष देखि माईत आउन नपाएका चेलिबेटि बटुलिई रातो साडि छड्के तिलहरी हातभरी चुरा, पोते थप्रै गरगहनामा सजिई झकिझकाउ भएर आ–आफ्नो कर्मघरममा भोगेका देखेका र सुनेकादुःख बेदना र गुनासाहरुलाई एउटा लयात्मक शैलीमा गाएर छमछमी नाच्दै विताईन्छ । यसरी चेलिबेटिको उकुस मकुस रोदनकन्दन र उत्पीडनहरु पोखेर सार्वजनिक स्थान मठ मन्दिर भन्ज्याङ चौतारी वा कुनै खुल्ला ठाँउमा तिजका चेलीहरु जम्माहुने गर्छन ।
विहानै उठि पानि लिन जाँदा हजारी फुलले बाटो छेकेको............... ।
गाठैमा राम्रो मालिभन्ने गाईले माईतैमा राम्रो दाजु भाईले.................
जस्ता तिजका मनका वेदनाहरुले लय संगीत रागात्मक अभिव्यति पाएपछि बहुसंख्यक दिदिबहिनीको मनमा लागेको ग्रहण लाई तिनै गीत संगीत साथि संगिहरु संग रमाउदा मनको पिर व्यथा हराउने गर्छ ।
बास्तवमा तिजका गीतलाई धार्मिक पारिवारिक, सामिजिक र समसामयिक वा राजनैतिक विषय बस्तुमा मिलाएर आफै जुटेर थपढिका सथामा मादल, खैजडि मुजुरा जस्ता लोकबाजाहरुले संगीत भर्ने गर्थे तर पछिल्लो समयमा धेरै परिवर्तशिल जमनामा आएर यिनै गीतलाई अत्याधुनिक तथा विद्युतिय बाजागाजाको प्रयोग समेत गरिन थालेको छ । प्रविधिको विकास सँगै अझ गीतमा सुगन्ध थपिएको छ ।तिजले फागत नारी जिवनका आँसु हाँसो गुनासो विलौना मात्र पोख्दैन विभिन्न भाषा संस्कृति र उमेर समुदायलाई एकिकरण गरी मनोरञ्जन दिलाई दिन्छ ।
अहिले आधुनिकप्रविधिको विकासँगै केहि सकारात्मक परिवर्तनहरु पनि भएका छन गीतहरुमा संगीतको बेजोड प्रस्तुतिले निकै रसिला, मनोरन्जन र नचाउने खालका बनेका छन । रेकडिङ र गीतको भिडियोले लोक संस्कृतिलाई पुर्णरुपमा संरक्षण पनि गरेको छन । पछिल्लो समयमा संचार माध्यमको विकास संगै देशको पुर्व मेचि देखि पश्चिममहाकाली सम्म सबै परिवेश समेटिका गीतहरु बजेका छन । केहि समुदायमा मात्र सिमिति रहेको तिजपर्व अन्य जातिहरु माझ सर्दै सार्दै निकै लोकप्रियता र प्रसिद्धि प्राप्ती हाँसिल गरेको छ ।
यस पर्वले तिजका गीत गाउने गायक गायिका लाई पनि निकै लाभदायी बनाएको छ । तिज आउनु भन्दा महिनौ दिन पहिला विभिन्न संचार माध्यमबाट तिजका गीत बज्न थालेका हुन्छन् । अहिलेको प्रतिस्पर्धि बजारमा लगानी समेत उठाउन हम्मे हम्मे परेको छ । विभिन्न कन्सर्ट प्रतियोगीता तथा अन्यकार्यक्रमहरु चल्दा अर्कै रौतकनपनि छाएको छ । रोजगारीको शिलशिलामा विदेशमा रहेकाको लागि यो पर्व अझ निकै रौनक बनेको छ अनि गायक गायकिालाई पनि बिभिन्न देश आम्दानीको श्रोत बनेका छन ।
पछिल्लो समयमा तिज गीतहरुले विस्तारै संस्कृति जोगाउने को नाउँमा केही विकृति पनि छर्दै गएको छ ।सामुहीकता व्यक्तिबादि यौनबादि, सस्तो मनोरञ्जन तथा व्यवसायिक बन्दै गएको छ । घर परिवार सासु सुसरा लायएत अन्य परिवारका सदस्यहरु सँग बसेर सुन्न र हेर्न नसकिने खालका पनी बजारमा गीत आएका छन । दुःलाई समेटेर तिजमा माईत जाँदा पोखने मनको बेदना समेटिएका गीतहरु त अब सुन्ननपाईने भएको छ ।
तिजका गीत नारीका लागि एउटा पिरको बेदना पोख्ने थलोको रुपमा पनि मानिथ्यो तर अहिले आएर यसलाइै मायाँ प्रितिमा धेरै ढालिएको छ । पुराना ति तिजका लयलाई अहिले रत्यौलीको लयमा गाउन लागिएको छ । बिभिन्न भेषभुषा सिंगार पटार अनी एउटै परिवारमा बसेर गाईने गीत अहिले परिवार सँग बसेर सुन्न र हेर्न पनि लाजमर्दो भएको छ । तिजका गीतहरुमा महिलाहरु नै सर्ट, पाईन्ट लगाएर हिन्दी वा अङग्रेजी सिनेमामा जस्तो अर्थनग्न देखिने फेसनकै वकालत गरेको देखिएको छ । नेपाली लोक साहित्य समेटिएको यि गीतमा अंग्रेजी शब्द मिसाई सामाजिक रितिरिवाजलाई विग्रने खालका शब्दहरु राखि गाईएको पनी यता कता भेटिएको छ ।
केरा काटेर क्याप्पै मुखमा हाल्छु म केरा काटेर ए घुँडा देखियो जामा फाटेर ...........
साथमा बुढो नहुँदा रात लामो .................
यस पालीको तिज फेसबुकमा मनाउँछु एउटा ग्रुप खोल्छु अनी दोहोरी चलाउँछु ................
जस्ता गीतहरुले बास्तविक तिजका गीतहरुको भावलाई मिल्काएका छन । गीतका भेषभुषा र अभिनय पनि पश्चिमी हुँदै अनि गीतको परिवेश पनि गाउँले पाराको नभई सरिया र कृत्रिम सजावतले भरेको सुटिङ गरिएको हुन्छ । खासमा लोकगीत भनेको गाउँपाखाका गीत हुन ।
त्यसैले गाउँले शैलि सेरोफेरो र लोक भाषालाई आत्मसात गर्नुपर्ने हो नि तर केहि तिजका गीतका शब्दहरु यस्ता पनि छन नरिसाउनका कान्छु एकै छिनलाई जान्छु सिंगार पटार गरी आउँछु ब्युटि पार्लरमा .....। मेरो मायाँमा लाग्यो पनी पोके.......... जस्ता गीतहरु अहिले बजारमा आएका छन । चेलिबेटिका कुरा समेटनु पर्नेमा मायाँ प्रेमका कुरा समेटे र निकालिएका गीतले तिजको मौलिकता कता पुग्ला त? अबको नयाँ पुष्तामा कस्तो खालको सन्देश पुग्ने हो त ।
कुनै गीतमा तिजको बेला बुढो साथमा नहुँदा रात लामो हुने यो त कहाँ तिजको मौलिकतामा जोडिएको गीत भयो र यस्ता गीतले महिलाभित्रको कस्तो खालको पीडा व्यथाको वकालतगर्ला त? पक्कै पनि सोचनिय विषय हो । आफ्नो मौलिकतालई भुलेर पश्चिमी शैलीको भेषभुषा र आफ्नो परिवार संग सगै बसेर हेर्न पनि लाज मर्दो अभिनय रहेको भिडियो लाई प्रोत्साहन गरेर अगाडि जाँदा के साच्चै हाम्रो मौलिकताको जर्गेना गरिएको हुन्छ ? यो कुरा पनि हामीले सोच्नु पर्ने जरुर देखिएको छ ।
महिलाको गीतमा प्रसङग बस पुरुष आउनु त ठिकै हो तर गाउने मैदानमै पुरुष आएर दोहोरी खेल्नु तिजको नाउँमा कस्तो हुन्छ कुन्नी धेरैजसो मायाँ प्रितिकै बखानगर्नु अरु विभिन्न तवरले पनि पुरुष हाबि हुँदै तिज एउटा दोहोरीमय भएको देखिन्छ मायाँ प्रिति बाहेक अरु विषय बस्तु छैनन र ? के महिलामाथि भएको अन्याय अत्याचार र कुसस्कारको विरुद्ध आवज उठाउने खालको परिवेश समेटर गीत गाउन सकिदैन यस्ता प्रश्नहरु अब हाम्रो समाजले गर्न सक्छ ।
पहिले पहिले देखिने महिला पुरुषलाई दाजु वैनी वा दिदिभाइको एउटा आदर्श नजरमा समेटेर तिजका गीतलाई गाउन पाए साच्चै हाम्रो मौलिकताले ठाउँ पाएको भान हुन्थ्यो होला । पुरान संस्कृति लाई अन्य गरी जमना अनुसारले नयाँ परिवेश समेटेको होल तर यस विषयमा हामीले नै चासो नराख्ने हो भने इतिहास पनि हराउन सक्ने छ ।
त्यसैले तिजका गीतमा चेलिबेटिहरुको माईति सँगको सम्बन्धि झल्काउने कुराहरु समेटेर परमम्परा र संकृतिको निरन्तरता सँगै परिवर्त मुखि जिवनमुखि र सन्देशमुलक बन्ने सकेमा बल्ल तिज आएको महसुस हुन्थ्यो होला । अन्तमा हामीले गंभिर भएर हाम्रो कला संस्कृतिका् पहिचान , सम्मान र जगेर्ना गर्न सकेनौ भने हाम्रा भावि पुस्ताका लागि छोड्ने कला, संस्कृतिका कुराहरु इतिहास नबन्लान पनी भन्न सकिदैन । यसका बारेमा सोचनिय हुन जरुरी देखिन्छ ।