arrow

गृह निर्वाचनको सुरक्षामा : सुरक्षा सेल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
ministry-home-affairs.jpg

काठमाडौँ। गृह मन्त्रालयले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरेको छ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन मन्त्रालयले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरेको हो । 

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनको सुरक्षा रणनीति र चुनौतीबारे छलफल गरी सेल गठन गर्ने र आवश्यक सुरक्षा रणनीति तय गर्ने निर्णय गरेको छ। 

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल तथा गृह मन्त्रालय निर्वाचन सेल गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्न बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा छ सदस्यीय केन्द्रीय कमान्ड पोस्ट गठन गर्ने निर्णय गरेको छ। 

बैठकले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयमा साङ्गठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाउन सक्नेगरी अधिकार दिने निर्णय गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ