arrow

चाडबाड शुरु भएको यस्तो हुनेछ समग्रमा भदौ महिना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
monthly-horoscope.jpg

मासिक फल : भाद्र ३ गते कृष्ण जन्माष्टमी ब्रत, मोहरात्री, भाद्र ७ गते अजाएकादशी ब्रत, भाद्र ११ गते शनिवार कुशेऔंशी, भाद्र १३ गते दर खाने दिन, भाद्र १४ गते हरितालिका ब्रत तीज, भाद्र १५ गते गणेशचतुर्थी ब्रत, भाद्र १६ गते ऋषिपञ्चमी ब्रत, भाद्र १७ गते गौरापर्व, भाद्र २१ गते हरिपरिवर्तिनी एकादशी ब्रत, भाद्र २२ गते इन्द्रध्वजोत्थान ईन्द्रजात्रा, भाद्र २४ गते पूर्णिमा ब्रत, भाद्र २६ गतेबाट सोह्रश्राद्ध शुरु (पितृपक्ष्य) आश्विन ९ गते आइतबारसम्म । अन्नप्राशन पास्नी मूहुर्तहरु : भाद्र १३ गते, १६ र २७ गते मुठि लिने मुहूर्त : भाद्र २० र २२ गते दोकान खोल्ने मूहुर्तहरु : १,५,६,९,१३,२२ र२७ रुद्री जुर्ने दिनहरु : १,३,६,७,८,९,१३,१६,१७,१८,२२,२३ र २४ अग्नि जुर्ने दिनहरू : २,४,५,८,१०,१२,१४,१६,१८,२१,२३ र २५

मासिक राशिफल :

मेष : यस महिनामा सूर्य पाँचौं घरमा रहेको छ । यसको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तन मननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । मङ्गल आठौं घरमा रहेको छ । यसको प्रभावले अहिलेको समय राम्रो छैन । आर्थिक पक्षमा हानीको सम्भावना छ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत तनावको सामना गर्नु पर्ने हुन्छ । परिचित व्यक्तिका बारेमा दुःखद् समाचार सुन्नु पर्नेछ । बुध पाँचौं घरमा रहेको छ । यसको प्रभावले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । महत्वपूर्ण व्यक्तिहरूसित सम्पर्क बढाउनु हुनेछ । एउटा स्मरणीय यात्रा हुने सम्भावना भने देखा पर्नसक्छ । यसैगरी बृहस्पति छैठौं घरमा रहेको छ । यसको प्रभावले थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । पेशागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र प्रतिस्पर्धीहरू बबिलया हुनेछन् । अनावश्यक यात्राबाट जोगिनु बेस हुनेछ । त्यसो त मुद्दामामिला र अड्डाअदालतको कामका लागि राम्रो समय छ । जीवनी शक्ति र स्फूर्तीमा कमीको अनुभूति हुनाले झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ । शुक्र छैठौं घरमा रहेको छ । यसको प्रभावले विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्र्यामा पनि अवरोध आउने छ । यद्यपि पेशागत र व्यवसायिक परिस्थति ठिकै रहने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुनेछन् । विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ । खर्चको मात्रामा अचानक बृद्धि हुने सम्भावना भने देखा पर्नसक्छ । मानसिक तनावबाट जोगिनु पर्छ । यसैगरी शनि आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै महत्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सम्भावना भने देखा पर्नसक्छ । साथीभाइ र सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसो त गूढ ज्ञान वा परामनोविज्ञान आदि क्षेत्रबाट कुनै सहायता प्राप्त हुन सक्छ । आफ्नो योग्यता र प्रतिभामा निर्भर हुँदा राम्रो हुनेछ । अचानक धनसम्पत्ति वा भौतिक उन्नति हुनसक्छ । प्रियजनको निधनको समाचार आउन सक्छ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । राहु पाँचौं घरमा रहेको छ । यसको प्रभावले समुचित निर्णय लिन नसक्दा क्षमता र योग्यतामा नराम्रो प्रभाव पर्नसक्छ । अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला हो, यो । महत्वाकांक्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । झैझगडा र मुद्दा मामिलाभन्दा एक कदम पछाडि हट्नु नै बेस हुनेछ, त्यस्तै कसैको साक्षी वा जमानी पनि नबस्नु राम्रो हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । खानपान र आहारविहारमा नियन्त्रण नहुनाले पेटमा विकार आउन सक्छ । केतु ११औं घरमा रहेको छ । यसको प्रभावले अचानक परिस्थिति फेरिएर अनुकूल हुन थाल्नेछ । व्यापारिक किनमेल र नयाँ कारोबारले लाभान्वित तुल्याउने छ । मित्र र हितैषीको पूर्ण सहयोग मिल्नेछ । उच्चकोटिको शारीरिक सुख प्राप्त हुनेछ । पदोन्नति हुनेछ । लामो लाभदायी यात्रा हुने सम्भावना पनि छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । सामाजिक क्षेत्रमा वर्चस्व कायम हुनेछ, जसबाट प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । यस महिनामा अरु दिनका तुलनामा ४, ५, ६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ दिन रहनेछ ।

वृष : यस महिनामा सूर्य चौथो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । मङ्गल सातौं घरमा रहेको छ । यसको प्रभावले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । पारिवारिक जीवन सुखद् हुनेछैन । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन गर्नु पर्ने छ । बुध चौथो घरमा रहेको छ । यसको प्रभावले लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सम्भावना भने देखा पर्न सक्छ । यसैगरी बृहस्पति पाँचौं घरमा रहेको छ । यसको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुन सक्छ । प्रणय र प्रेमसम्बन्धका निमित्त राम्रो समय छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण उचित समयमा सही निर्णय लिन सकिने छ । बन्दव्यापार वा पेशाबाट लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् । शुक्र पाँचौं घरमा रहेको छ । यसको प्रभावले विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । पारिवारिक जीवन अति सुखद रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सञ्चारको माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ । शनि सातौं घरमा रहेको छ । यसको प्रभावले यो समय राम्रो छैन किनभने साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झंझट वा विवादबाट जोगिनु बेस हुनेछ । विपरीत लिङ्गीसँग पनि राम्रो सम्बन्ध हुनेछैन । जतिसक्दो अनावश्यक यात्रा नगर्नु नै राम्रो हुनेछ । व्यापारिक र विकाससम्बद्ध ठूलठूला निर्णय लिनुअघि पूर्णरूपेण निरीक्षण गर्नु राम्रो हुनेछ । यस्तै, राहु चौथो घरमा रहेको छ । यसको प्रभावले गरेका प्रयासमा असफलता हुनाले मानसिक तनाव बढ्न सक्छ । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछैन । यात्रा कष्टकारक हुनेछ । अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन गर्ने प्रयत्न गर्नु हुँदैन । नोकरी वा व्यवसाय संतोषकारक हुँदैन । साथीभाइ र सहयोगीहरू टाढिन सक्छन् । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । आफूले गर्ने प्रत्येक काम सावधान भई गर्ने बानी बसाल्नु ठिक हुन्छ । दुर्घटना हुने सम्भावनासमेत छ । विपरीत परिस्थितिलार्ई विवेकपूर्वक निराकरण गर्ने सोचको विकास गर्नु राम्रो हुनेछ । केतु दशौं घरमा रहेको छ । यसको प्रभावले परिणामप्रति आशावादी भइने छ । बन्द व्यापारमा राम्रो छ । महत्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्ने छ । पेशागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । धेरै पटक यात्राको सम्भावना बन्न सक्छ । नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहनेछ । यद्यपि घरायसी वातावरण अनुकूल रहने छैन र घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्यका कारण तपार्ईले चिन्ताग्रस्त बन्नुपर्नेछ । खासगरी यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गते तपाईंले सचेत भई कारोबार गर्नु राम्रो हुनेछ ।

मिथुन : यस महिनामा सूर्य तेस्रो घरमा रहेको छ । यसको प्रभावले पारिवारिक जीवन सुखद् रहनेछ । बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यस अवधिभरि राम्रै छ । मङ्गल छैठौं घरमा रहेको छ । यसको प्रभावले यस समयमा सुखभोग गर्न पाइने छ । पेशागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेशा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । तेस्रो घरमा रहेको बुधको प्रभावले मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । यस्तै, बृहस्पति चौथो घरमा रहेको छ । यसको प्रभावले सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने सम्भावना छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । धार्मिक क्रियाकलापप्रति झुकाव बढ्ने छ र पवित्र स्थलको भ्रमणको सम्भावना छ । यस समयावधिमां मस्तिष्क सन्तुलित रहने छ र सुखभोग गर्न पाइने छ । शुक्र चौथो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद् हुनेछ । व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् । परिवारमा सदस्य सङ्ख्यामा बृद्धि हुने वा अतिथिको आगमन हुने सम्भावना छ । गरेको प्रयासमा सफलता मिल्नेछ । आमा वा कुनै बृद्ध स्त्रीबाट पूर्ण सहयोग प्राप्त हुनेछ । प्रत्येक दृष्टिबाट राम्रो समय छ । यसैगरी शनि छैठौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले बदख्वाइँ गर्ने प्रयास गर्न सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहनेछ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्ण संतोषप्रद हुनेछ । यस अवधिको मध्यभागमा सानातिना रोगव्याधिको मारमा पर्न सक्नुहुन्छ । राहु तेस्रो घरमा रहेको छ । यसको प्रभावले लुकेको आन्तरिक ऊर्जाका माध्यमले जस्तै काम पनि सम्पन्न गर्ने क्षमता रहने छ । उद्देश्य उपलब्धीमूलक हुनेछ । दृढ़ इच्छा शक्तिका कारण विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम हुनेछ । सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिवृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा सुधार आउने छ । संचार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा प्राप्त हुनेछ । कर्मचारीले छिटै बढुवा हुने वा प्रशंसा र पुरस्कार पाउने सङ्केत छ । केतु नवौं घरमा रहेको छ । यसको प्रभावले कुनै संस्थानको प्रमुख व्यक्तिसित सम्पर्क हुनेछ । परोपकार र जनकल्याणको भावना विकसित हुनेछ । कुनै सृजनात्मक काम गर्नाले प्रतिष्ठा प्राप्त हुनेछ र सम्मानमा अभिवृद्धि हुनेछ । यात्रा महत्त्वपूर्ण सिद्ध हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । पारिवारिक जीवन हर्षाेल्लासपूर्ण रहनेछ । परिवारमा कुनै माङ्गलिक कृत्य सम्पन्न हुनसक्छ । यस अवधिभित्र लाभ प्राप्त हुने सबै कामका लागि प्रयास गर्दा उचित हुनेछ । यस महिनाको १, २, ९, १०, १७, १८, १९, २७, २८ र २९ गते सचेत भई कार्य गर्नु राम्रो हुन्छ । साथै सूर्यको प्रभाव शुभ बनाउन दैनिक शुद्ध जल र मह तामाको पात्रमा राखी उदाउँदो सूर्यलाई अर्घ्य चढाउँदा शुभ परिणाममा अझ बृद्धि हुने संकेत छ ।

कर्कट : कर्कट राशिको सूर्य दोस्रो घरमा रहेको छ । यसको प्रभावले शारीरिक तनाव र बोझलाई झेल्न सक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुन सक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ । तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले पनि यस अवधिमा लाभदायी हुनेछैन, कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेश हुनेछ । मङ्गल पाँचौं घरमा रहेको छ । यसको प्रभावले यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । व्यक्तिगत स्वास्थ्यमा समस्या आउन सक्छ । घरपरिवारकै सदस्यका कारण तनाव सिर्जना हुनेछ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । कुनै त्यस्तो आकस्मिक निर्णय गर्नु पर्ने हुन्छ , जसका कारण मानसिक नियन्त्रण गुम्ने सम्भावना हुनेछ । मित्र र सहयोगीहरूबाट निराशा हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । यस्तै, बुध दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक रूपले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । यस अवधिमा भ्रमणबाट समेत लाभ हुनेछ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । यस्तै, बृहस्पति तेस्रो घरमा रहेको छ । यसको प्रभावले गरेका क्रियाकलापको प्रशंसा हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैवाहिक जीवन वा प्रेमप्रसंग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । कुनै मान्यजनबाट साथसहयोग प्राप्त हुनेछ । सानातिना रोगव्याधिको प्रकोपको सम्भावना भने देखा पर्नसक्छ । शुक्र तेस्रो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ, जसबाट लाभ प्राप्त गर्न सकिनेछ । यातायातको साधनको जोहो हुनसक्छ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । पेशागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । भाग्यशाली समय हुनाले मनले इच्छाएको काम पूर्ण गर्न सकिने छ भने शनि पाँचौं घरमा रहेको छ । यसको प्रभावले सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । के गरी समुचित निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् । बढी आशावादी हुनु उचित होइन र यात्राबाट सोचे जस्तो लाभ प्राप्त हुन सक्दैन । आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । जोखिम ब्यहोर्नु पर्ने प्रवृत्तिलाई पूर्णरूपेण अङ्कुश लगाउनु बेस हुनेछ । यता, राहु दोस्रो घरमा रहेको छ । यसको प्रभावले दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनु ठिक हुन्छ । घरायसी वातावरण पनि तनावपूर्ण रहनेछ । परिवारका सदस्यहरूसँग मतभेद हुनसक्छ । यद्यपि आँखामा समस्या आएर रोगी बन्न सक्नुहुन्छ, तर सामान्यतया स्वास्थ्य ठीकै हुनेछ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । घरव्यवहारमा असुरक्षाको भावना विकसित हुनसक्छ । केतु आठौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा अचानक लाभप्राप्त हुने सम्भावना छ । अचल सम्पत्ति समेत प्राप्त हुनसक्छ । मन धार्मिक क्रियाकलापतर्फ आकर्षित हुनेछ । कुनै अतीन्द्रिय अनुभव पनि प्राप्त हुन सक्छ । पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । आकस्मिक भ्रमणबाट सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । सानातिना बिमारी र चोटपटकको सम्भावना छ । कुनै तीर्थाटनको योजनामा सफलता पाउने सम्भावना छ । समग्रमा यो समय सुखसुविधाका लागि महत्वपूर्ण रहने छ । यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, २९, ३० र ३१ गते संयम भई व्यवहार गर्नु उपयुक्त हुनेछ ।

सिंह : भदौ महिनामा सूर्य पहिलो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । मङ्गल चौथो घरमा रहेको छ । यसको प्रभावले यस समयावधिमा मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सम्भावना भने देखा पर्नसक्छ । यस्तै, बुध पहिलो घरमा रहेको छ । यसको प्रभावले अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । पारिवारिक जीवन संतोषप्रद रहनेछ । यद्यपि कामको बोझ धेरै नै हुन्छ , तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । बृहस्पति दोस्रो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ । यस्तै, शुक्र दोस्रो घरमा रहेको छ । यसको प्रभावले घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । विपरीत परिस्थितिलाई संयमतापूर्वक सामना गरिनेछ । आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ । शनि चौथो घरमा रहेको छ । यसको प्रभावले गर्दै नगरेको र थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको पनि अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । दीर्घ रोगको प्रकोपमा रहेका व्यक्तिले पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । शत्रु र प्रतिस्पर्धीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सांसारिक सुखका दृष्टिकोणले पनि राम्रो समय छैन, यद्यपि धार्मिक र आध्यात्मिक कार्यमा सहभागी हुँदा कुनै राहतको अनुभूति हुनेछ । यसैगरी राहु पहिलो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । विपरीत लिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन । शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नु राम्रो हुन्छ । गुप्त रोगले सताउन सक्छ । केतु सातौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा मिश्रित परिणाम प्राप्त हुनेछ । भाग्यबल बढ्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । प्रणय र प्रेमका लागि यो समय राम्रो होइन । प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य जीवनमा झैझगडा र विवाद हुने पूर्ण सम्भावना छ । खर्च अचानक बढ्ने सम्भावना छ । भ्रमणबाट कुनै विशेष किसिमको लाभ प्राप्त हुनेछैन । जोखिमयुक्त काममा फँस्ने सम्भावनासमेत छ, यस अवधिमा जोखिम मोल्ने उपयुक्त समय होइन । सानातिना रोगले पनि सताउन सक्छ । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंले अति नै सतर्क रहनु राम्रो हो ।

कन्या : सूर्य बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । मङ्गल तेस्रो घरमा रहेको छ । यसको प्रभावले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ। यस्तै, बुध बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यो अवधि मानसिक तनाव र चिन्ता प्रदान गर्ने समय हो । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछन् । खर्चको मात्रा बढने छ । सोच्दै नसोचेको क्षेत्रमा अचानक धनमालको हानि हुने सम्भावना छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक वातावरण सुमधुर हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्ने कोशिश गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ र सबै किसिमका जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । बृहस्पति पहिलो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । मस्तिष्क पूर्णरूपेण सक्रिय रहनेछ । शुक्र पहिलो घरमा रहेको छ । यसको प्रभावले सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । विपरीत लिङ्गीप्रति झुकाव बढ्नेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्नाले आफ्नो आयस्रोत राम्ररी बढाउन सकिन्छ । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । सानातिना रोगले अस्वस्थ तुल्याउन सक्छ । घरपरिवारका सदस्यले काममा सक्दो सहयोग पुर्याउने छन् । शनि तेस्रो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । संचार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाइने छ । यस्तै, राहु बाह्रौं घरमा रहेको छ । यसको प्रभावले बसाइँ सर्ने वा सरुवा हुने योग छ । निवास स्थान अथवा नोकरीको परिवर्तन हुनसक्छ । खर्चको मात्रामा बृद्धि हुनाले अशान्त भइने छ । आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । यात्राबाट लाभ हुने सम्भावना छैन र शारीरिक थकान बढ्ने सम्भावना छ । घरपरिवारका सदस्य तपाईंप्रति उदासीन रहने छन् । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । दुष्ट मित्रदेखि सावधान रहनु आवश्यक छ, किनभने उसले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ । घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ । यस अवधिमा कुनै यात्राको योजना छ भने स्थगित गर्नु बेस हुनेछ । केतु छैठौं घरमा रहेको छ । यसको प्रभावले बन्दव्यापारका क्षेत्रमा यस अवधिमा राम्रा काम सम्पन्न हुनेछन् र कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने पेशागत उन्नति हुनेछ, जसबाट प्रतिष्ठा बढ्ने छ । यस अवधिमा चौतर्फी समुन्नतिको लक्षण छ । घरपरिवारको सदस्यको व्यवहार अनुकूल रहने छ । प्रतिस्पर्धा, खेल र तर्क एवं विवादमा सफलता आर्जन हुनेछ । शत्रुले सामना गर्ने साहस गर्ने छैनन् । आकस्मिक यात्राबाट भाग्य बढ्ने सम्भावना छ । स्वास्थ्य अनुकूल रहने छ । यो श्रेय बढाउने महत्त्वपूर्ण समय हो । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गते तपाईंले सचेत भई कारोबार गर्नु राम्रो हुनेछ ।

तुला : सूर्य एघारौं घरमा रहेको छ । यसको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस अवधिमा आएको छ । नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । मङ्गल दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक दृष्टिकोणले यो समय राम्रो होइन । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ , नत्र अप्ठ्यारामा पर्न सकिन्छ । अवाञ्छित व्यक्तिहरू उपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷ चोरी हुने सम्भावना भने देखा पर्नसक्छ । उता व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेतता अपनाउनु पर्ने देखिन्छ । यस्तै, बुध एघारौं घरमा रहेको छ । यसको प्रभावले लामो दूरीको यात्रा गर्ने पूर्ण सम्भावना छ । मित्र र सहयोगीहरूले सहायता गर्नेछन् । आफ्नो व्यापार÷व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । यस समयको पूर्णरूपले सदुपयोग गर्नु राम्रो हुन्छ । यस अवधिमा प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। बृहस्पति बाह्रौं घरमा रहेको छ । यसको प्रभावले कुनै काममा पनि लगाव नहुनाले आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । असुरक्षाको भावना जाग्नेछ । व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्चे धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । जतिसक्दो यात्राबाट जोगिनु बेस हुनेछ । स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुनसक्छन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ । यसैगरी शुक्र बाह्रौं घरमा रहेको छ । यसको प्रभावले भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, तथापि आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त र्गानुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । सानातिना रोगव्याधिको प्रकोप सहनु पर्ने हुन सक्छ । दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले हानि पुर्याउने प्रयास गर्नेछन् । यद्यपि तिनको वास्ता गर्नुहुन्न, तापनि तिनीहरूप्रति सचेत हुनु राम्रो हुनेछ । आर्थिक रूपले यो समय नराम्रो छैन तर खर्चमा नियन्त्रण गर्नु अझ राम्रो हो । परिवार जनको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनु पर्नेछ । शनि दोस्रो घरमा रहेको छ । यसको प्रभावले कुनै आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । दैनिकी सञ्चालनका क्रममा सावधान हुनु आवश्यक छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ र महत्त्वपूर्ण कागतपत्रमा राम्ररी पढेर हस्ताक्षर गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्य समेत राम्रो हुनेछैन । राहु एघारौं घरमा रहेको छ । यसको प्रभावले महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ । आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो, यो । नयाँ व्यवसाय र उद्योगधन्धामा संलग्नता बढ्ने सङ्केत छ । मित्र र सहयोगीबाट पूर्ण सहयोग मिल्नेछ । लामो यात्राबाट लाभ हुनेछ । विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । पारिवारिक जीवन सुखद हुनेछ । प्रणय र प्रेमसम्बन्ध विस्तार गर्न यो समय अनुकूल छ । गरेका प्रतिस्पर्धा र सङ्घर्षमा विजयी भइने छ । शत्रु पराजित हुनेछन् । यद्यपि कानको रोगले सताउन सक्छ, तर सामान्यतया स्वास्थ्यस्थिति ठीकै रहनेछ । केतु पाँचौं घरमा रहेको छ । यसको प्रभावले धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैन । परिवारका सदस्यहरूको अस्वस्थताले पनि चिन्तित तुल्याउन सक्छ । समग्रमा पारिवारिक वातावरण तनावग्रस्त हुनेछ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु बेस हुनेछ । शत्रुले साख बिगार्ने प्रयास गर्नेछन्, त्यसैले सचेत रहनु ठिक हुन्छ र जतिसक्दो यात्राबाट जोगिनु बेस हुनेछ । पेटको रोगले समेत सताउन सक्छ । यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गतेका दिन अन्य दिनका तुलनामा अलि बढी सचेत हुनु राम्रो हुन्छ ।

वृश्चिक : सूर्य दसौं घरमा रहेको छ । यसको प्रभावले अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । मङ्गल पहिलो घरमा रहेको छ । यसको प्रभावले मिश्रित परिणाम प्राप्त हुनेछ । इच्छाविपरीत परिणाम आउन सक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । यसैगरी बुध दशौं घरमा रहेको छ । यसको प्रभावले व्यापार÷व्यवसाय वा पेशामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ । पूर्णरूपेण कर्मशील भइने छ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । बृहस्पति एघारौं घरमा रहेको छ । यसको प्रभावले उत्साहपूर्ण समय छ । यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । यस्तै, शुक्र एघारौं घरमा रहेको छ । यसको प्रभावले प्रत्येक प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्रमा राम्ररी काम गर्नेछन् । यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । परिवारमा सदस्यको सङ्ख्यामा बढोत्तरी हुने सम्भावना छ । सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । शनि पहिलो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ । स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक जीवन सुखद् हुनेछैन । नातागोताको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । हुन त यस अवधिको अन्त्यतिर राहत मिल्नेछ । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । राहु दशौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा आत्मविश्वासमा अभिबृद्धि हुनेछ । निडर र जुझारु बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्व र सत्ताधारी व्यक्तिसित सुमधुर सम्बन्ध कायम हुनेछ, साथै बन्दव्यापारबाट पनि लाभ मिल्नेछ । एउटा इच्छाअनुकूलको यात्रा सम्पन्न हुनाले असीमित लाभ मिल्नेछ । प्रतिस्पर्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्ने समय हो, यो । स्वास्थ्य पनि अनुकूल रहने छ । केतु चौथो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा वैचारिक अस्थिरता देखिन सक्छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछैन । ससाना कुरा र विषयका कारण झैझगडां र विवाद हुनसक्छ । बन्दव्यापारमा पनि मन्दी रहनेछ । पेशागत र व्यवसायिक परिस्थिति संतोषजनक रहने छैन । यस समयमा एकातिर आफैंलाई रोगव्याधिले सताउन सक्छ भने अर्कोतिर परिवारका सदस्यहरूको अस्वस्थताले पनि सताउन सक्छ । यद्यपि मन धार्मिक क्रियाकलापतर्फ प्रेरित हुनेछ र पवित्र स्थलको भ्रमण हुन सक्छ । यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, २९, ३० र ३१ गतेका दिन आंशिका रूपमा अशुभ फलको प्राप्ति हुने सम्भावना हुन्छ ।

धनु : सूर्य नवौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा मिश्रित परिणाम प्राप्त हुने योग छ । लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । मङ्गल बाह्रौं घरमा रहेको छ । यसको प्रभावले प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । घमण्डलाई त्याग्नु श्रेयस्कर हुनेछ, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । स्वास्थ्यका कारण तनावग्रस्त रहनु पर्नेछ । खर्चको मात्रामा बृद्धि भइरहन्छ । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध सुमधुर रहने छ । सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ । यस्तै, बुध नवौं घरमा रहेको छ । यसको प्रभावले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेशामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । बृहस्पति दसौं घरमा रहेको छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । शत्रुको प्रतिष्ठालाई हानि पुर्याउने प्रयत्न हुनेछ तर त्यसमा सफल हुनुहुन्न । पारिवारिक जीवन सुखद् हुनेछ । शुक्र दशौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुृहुनेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ । समयका साथै सङ्ग्रह र वचत गर्न थाल्नु हुनेछ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना छ । घरपरिवारका सदस्यको व्यवहार अनुकूल रहने छ । व्यापारिक लाभका लागि यात्राको सम्भावना छ । शनि बाह्रौं घरमा रहेको छ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । धार्मिक क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । राहु नवौं घरमा रहेको छ । यसको प्रभावले मिश्रित परिणमहरू प्राप्त हुनेछ । हुन त व्यवसाय र व्यापारका क्षेत्रमा उपलब्धीपूर्ण काम हुनेछ, तर लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिएर त्यसैमा घोरिरहन सकिन्छ । व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ । अन्र्तदृष्टिलाई प्रयोग गरी आँफूभित्रका अवाञ्छित तत्वलाई पन्साउनु राम्रो हुनेछ । केतु तेस्रो घरमा रहेको छ । यसको प्रभावले बुद्धि र विवेकको प्रयोग गर्न सक्नुहुन्न । हुन त यस अवधिमा आशावादी नै भइने छ । सञ्चारमाध्यममार्फत प्राप्त समाचारले लाभान्वित भइने छ । अचानक तय गरिएको यात्राबाट राम्रो परिणाम हात पर्नेछ । आय आर्जनका मार्गमा अभिबृद्धि हुनेछ । पारिवारिक जीवनयापनमा राहतको अनुभूति हुनेछ । बढुवा हुने प्रक्रियामा हुनुहुन्छ भने परिणाम पक्षमा प्राप्त हुनेछ । नयाँनयाँ मित्रहरू बनाउनु हुनेछ । मनमस्तिष्क अध्यात्मप्रति प्रेरित हुनेछ । वास्तवमा यो एउटा भाग्यशाली समय हो । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गतेका दिन तपाईं अत्यन्त सचेत र सतर्क रहनु बेस हुनेछ ।

मकर : सूर्य आठौं घरमा रहेको छ । यसको प्रभावले अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । मङ्गल एघारौं घरमा रहेको छ । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकांक्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद् हुनेछ । यस्तै, बुध आठौं घरमा रहेको छ । यसको प्रभावले प्रयास गर्दागर्दै असफलता पाउनाले निराश हुनु पर्नेछ । कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले धेरै मिहिनेत गर्नुपर्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुनेछ । स्वास्थ्य ठीक नहुनाले कुनै पनि काम पूर्ण गर्न सक्नुहुन्न । पारिवारिक जीवन तनावग्रस्त रहने छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । बृहस्पति नवौं घरमा रहेको छ । यसको प्रभावले यो अवधि सर्वश्रेष्ठ छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्न सक्नुहुन्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ । यस्तै, शुक्र नवौं घरमा रहेको छ । यसको प्रभावले उच्च पदस्थ व्यक्तिहरूबाट सम्मान प्राप्त हुनेछ र तिनको सहयोग र सद्भाव प्राप्त हुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । यस अवधिमा सुदूर र दुर्गम प्रदेशको भ्रमण हुनसक्छ । पारिवारिक जीवनका लागि अनुकूल हुनेछ । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ । यस अवधिमा विपरीत परिस्थितिलाई सही ढंगले निवारण सकिन्छ । यदि पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । प्रत्येक दृष्टिबाट राम्रो समय छ । शनि एघारौं घरमा रहेको छ । यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय सम्बन्धका लागि पनि राम्रो समय छ । परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने छ । राहु आठौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा दुर्घटनाले मानसिक तनाव सिर्जना हुनेछ । गरेका प्रत्येक काममा असफलता हुने सम्भावना छ । मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ । साथीभाइले निर्वाह गरेको भूमिका असहनीय बन्न सक्छ । कुनै न कुनै अप्ठ्यारोले पछ्याइरहेको हुनेछ । स्वास्थ्यमा देखिने प्रतिकूलताका कारण आफ्ना वचन पूरा गर्न सक्नुहुन्न । रहस्यात्मकतातर्फ रूचि जागृत हुनसक्छ र कुनै अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ । केतु दोस्रो घरमा रहेको छ । यसको प्रभावले अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव सिर्जना हुनेछ । त्यसैले आफ्नो मुखलाई पूर्णरूपमा नियन्त्रण राख्नु आवश्यक छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । धनहानि हुने सम्भावना छ । आफ्नो घरपरिवारकै सदस्यका साथमा पनि सम्बन्ध बिग्रनसक्छ । यतिबेला कुनै नयाँ कामधन्धा वा व्यवसाय सुरु नगर्नु बेस हुनेछ । यसै यस अवधिभित्र रोगव्याधिले आक्रमण पनि गर्नसक्छ । आत्मविश्वासमा कमी आउनाले निर्णयात्मक काममा अवरोध आउन सक्छ । यात्राबाट कुनै व्यवहारिक लाभ प्राप्त हुनेछैन । आत्मीयजनले समेत सहयोग गर्न सक्ने छैनन् । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गतेका दिन तपाईंले सतर्कता अपनाउनु बुद्धिमानी हुने संकेत छ ।

कुम्भ : सूर्य सातौं घरमा रहेको छ । यसको प्रभावले मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यस अवधिमा एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् र ठूलो नोक्सानी हुन सक्छ, सचेत रहनु आवश्यक छ, । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । मङ्गल दशौं घरमा रहेको छ । यसको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । यस्तै, बुध सातौं घरमा रहेको छ । यसको प्रभावले प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सम्भावना भने देखा पर्नसक्छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनेछ । बृहस्पति आठौं घरमा रहेको छ । यसको प्रभावले सधैं असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शरीरमा रोगले सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । अचानक धन लाभ हुने सम्भावना छ । नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुन्छ , किनभने मनले इच्छाए झैं परिणाम प्राप्त हुनेछैन । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । शुक्र आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रो छैन । अचानक धनलाभ हुने सम्भावना छ । तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्वाकांक्षामा अङ्कुश लाउनु भएन भने अति लज्जास्पद स्थितिको सामना गर्नुपर्ने स्थिति आउने छ, यद्यपि परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त हुनेछ । हुन त परिजनसँग कहिलेकाँही मतभेद पनि हुन सक्छ । यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ । यसैगरी शनि दशौं घरमा रहेको छ । यसको प्रभावले मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । हुन त ठोस परिणाम हात पर्दैन तर काम ढिलो सम्पन्न हुनेछ । पेशा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । नजिकको साथीको स्वास्थ्यले चिन्तित तुल्याउन सक्छ । बन्दव्यापार र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ । राहु सातौं घरमा रहेको छ । यसको प्रभावले पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम हुन सक्दैन । दैनिकी सञ्चालनका क्रममा अवरोध सिर्जना हुनेछ । घरपरिवारका सदस्यहरूको व्यवहार अनुकूल हुन सक्दैन । मुद्दामामिला र कानूनीफन्दामा फँस्ने सम्भावना छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन । साथीभाइले होच्याउने प्रयास गर्नेछन् । खानपान र आहारविहारको कमीले पाचनप्रणालीमा गडबडी आउन सक्छ । सम्भव भएसम्म यात्राबाट जोगिनु राम्रो हुन्छ । केतु पहिलो घरमा रहेको छ । यसको प्रभावले व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । वास्तवमा यतिबेला निरर्थक काममा फँस्ने सम्भावना छ, त्यसैले व्यर्थ नै तनावग्रस्त भइने छ । बढी आत्मविश्वास नगर्नु राम्रो हुन्छ, यसले विपत्ति र संकटतर्फ लिएर जानसक्छ । धनसम्पत्ति गुम्ने, लुटिने र हराउने तथा प्रतिष्ठा गुम्ने सम्भावना समेत छ । समस्या समाधानका लागि पारिवारिक सरसहयोगमा बढी निर्भर नहुनु आवश्यक देखिन्छ । मित्र र हितैषीले वाचा पूरा गर्ने छैनन् । यात्राबाट जतिसक्दो जोगिनु राम्रो हुन्छ । शत्रुपक्ष सबल छन् । स्वास्थ्य प्रतिकूल रहने छ, खानपान र आहारविहारमा ध्यान पुर्याउनु ठिक हुन्छ । यस महिनाको ०१, ०२, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गतेका दिन तपाईंले सजग र सतर्क भई कार्य गर्नु राम्रो हुने संकेत छ ।

मीन : सूर्य छैठौं घरमा रहेको छ । यसको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मङ्गल नवौं घरमा रहेको छ । यसको प्रभावले घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्ने छ, तर आम्दानीका मार्गहरूभन्दा बढी खर्च हुनेछैन । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको भरपूर सदुपयोग गर्नु बेस हुनेछ । बुध छैठौं घरमा रहेको छ । यसको प्रभावले खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेशागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । यसबाहेक व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ , कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । पारिवारिक जीवनसमेत राम्रो छैन । सम्भव भएसम्म यात्राबाट जोगिनु नै असल हुन्छ । बृहस्पति सातौं घरमा रहेको छ । यसको प्रभावले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । सामाजिक सम्मान प्राप्त हुनेछ । शुक्र सातौं घरमा रहेको छ । यसको प्रभावले एउटा आनन्दप्रद यात्रा हुने सम्भावना छ । विपरीत लिङ्गीले पनि सहयोग गर्नेछन् । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ । सानातिना रोगव्याधिको प्रकोप भने सहनु पर्नेछ । मिलनसार स्वभावको विकास हुनेछ र प्रतिष्ठित व्यक्तित्वको सम्पर्कमा भइने छ । यस्तै, शनि नवौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा प्रसन्नतापूर्वक व्यतीत हुनेछ । तपाईंबाट भएका प्रयासको राम्रो परिणाम आउन थाल्नेछ । राजनैतिक÷प्रशासनिक पदका व्यक्तित्व रं मातापितासँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो यात्राबाट लाभ प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । सानातिना रोगले भने सताउन सक्छ । राहु छैठौं घरमा रहेको छ । यसको प्रभावले कामधन्दा र बन्दव्यापारमा सफलता प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् । एउटा सुखद भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि अनुकूल रहने छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा सक्रिय हुँदा यस अवधिमा धनको वर्षा नै हुने सम्भावना समेत छ । सानातिना रोगव्याधिले सताउन सक्छ । केतु बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ । स्वास्थ्य पनि प्रतिकूल हुने सम्भावना छ । यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, २९, ३० र ३१ गतेका दिन अशुभ परिणाम प्राप्त हुने संकेत देखिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ