arrow

बाबुरामले भने- हाम्रो सल्लाह पूरा हुन पाएन, प्रदीपजी छिटै छोडेर जानुभयो! 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
baburam-pradip-rambaran.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका प्रदीप गिरीले राजनीतिमा गहन वैचारिक र त्यागको मानक सधैँ रहिरहने बताएका छन् । 

प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै डा. बाबुराम भट्टराईले गिरीले छिटै छोडेर गएको टिप्पणी गरेका छन् । 

डा. भट्टराईले ट्विटरमा लेखेका छन्,' प्रदीपजी,छिटै छोडेर जानुभयो! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो। टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन। तपाईँले राजनीतिमा गहन वैचारिक र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैँ रहिरहनेछ!'

गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ