arrow

गिरीको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित स्व गिरीको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो ।

 भदौ ५ गते उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मनुभएका स्व गिरी चार पटक सांसद बनेका थिए। उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । 

अध्ययन, अनुसन्धान र लेखनमा रुची राख्ने उन समाजवादी चिन्तक थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ