arrow

प्रदीप गिरीको स्मृतिमा मधेसका सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
pradip-giri-new.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । 

स्व गिरीको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान नगरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए । 

उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरीले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए । 

स्व गिरीको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइने छ । समाजवादी चिन्तक स्व गिरीको १३औँ दिनको तिथिमा प्रदेशका आठ वटै जिल्लामा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए । 

लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरीको गत भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ