arrow

प्रदीप गिरीको निधनमा उपराष्ट्रपतिबाट शोक व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन् । गिरी भौतिक रुपमा बिदा भए तापनि उनको विचार र देशको लागि पुर्याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहनेसमेत उपराष्ट्रपतिले बताएका छन् । 

उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ