arrow

कल्याणपुर नगरपालिकामा शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
pradip-giri-died-2079-05-04.jpg

लहान । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । 

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । 

 लहान नगरपालिका-१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । 

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो । उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ