arrow

सांसद प्रदीप गिरीको निधनप्रति संसदबाट शोक प्रस्ताव पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
parliament-pradeep-giri-condolence.jpg

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२–०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरीको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरीको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । 

प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार बिहान १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ