arrow

जनता ठग्नेहरू सरकारको निसानामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
balkrishna-khad.jpg

काठमाडौं ।  जनता ठग्नेहरूलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मिटर ब्याज लिएर जनता ठग्नेहरूलाई कारबाही गर्ने बताएका हुन् । 

उनले मिटर ब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए।

उनले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको पनि बताए । साथै मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रह गरिएको समेत बताए । 

उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताए । जसमध्ये प्रदेश १ मा ९२, मधेस प्रदेशमा १ हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ