arrow

मिटरब्याजीविरुद्ध पीडितहरू आन्दोलनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
samiti-mitarbyaji.jpg

काठमाडौं । काठमाडौंको माइतीघरमा तीन हप्तादेखि मिटरब्याजी पीडित आन्दोलनमा बसेका छन् । मिटरब्याजी विरुद्धको आन्दोलनमा बसेका उनीहरूले मिटर ब्याजका कारण किसान सडकमा आउँदा पनि सरकारले यस विषयमा चासो नदिएको बताएका छन् 

गरिब जनताहरूलाई जीवनभर दास बनाएर अन्तिममा सडकमा पुग्ने अवस्था हुँदा पनि सरकारले यो विषयलाई नउठाएको खाद्यका लागि कृषि अभियानको संयोजक उद्धव अधिकारीले बताए । उनले २०-२१ दिन लगातार धर्नामा बस्दा पनि सरकारले झुुठो आश्वासन बाहेक केही नदिएको पनि बताए । 

उनले भने,' २०-२१ दिन आन्दोलनमा बसेका छन् । समिति गठन भए पनि त्यसले झुुठो आश्वासन मात्र दिएको देखिन्छ । जिन्दगीभर एउटा मान्छेलाई दास बनाउने र अन्तिममा सडकमै पुर्‍याउने सबै सम्पत्ति नै मिटर व्याजले खाने दुर्भाग्यपूर्ण कुरा हो । नेपाल सरकारसँग भएको कानुनले १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन भन्छ धेरै त्यसको सयौँ प्रतिशत व्याज लिँदा पनि सरकारले ध्यान दिएको छैन ।' 

यस्तै धर्नामा सहभागी पीडित उमा शङ्कर लोनियाले ४ लाख ऋण लिँदा ८ लाख ३० हजार बुझाउँदा पनि ऋण चुक्ता नभएको बताए । उनले ४ लाखको ८ लाख र्दि पनि मुद्दा हाल्ने जग्गा कब्जा गर्ने समस्या आएको हुनाले आन्दोलित भएको बताए ।
 
उनले भने,' नवलपरासी रामनरेस गुप्तसँग ४ लाख रुपैयाँ लिएको थिए तर ८ लाख ३० हजार रुपैयाँ मैले बुझाए उहाँको घरका झगडा भयो त्यसपछि ममाथि मुद्दा हाल्नु भयो एउटा पैसा देको छैनौ तिम्रो सबै जग्गा लिलाम गरेर म अदालतबाट झिकाएर लिन्छु भन्नुभयो । २४ दिन भयो धर्ना बसेको पहिलो चरणको साथीहरू १७ दिन धर्ना बसेर गृह मन्त्रालयबाट पत्र लिएर जिल्ला पठायो र जिल्लाले हाम्रो माग बारे छलफल गर्दा २ जना साहु पक्राउ गरेर २-४ जनाको मात्र समस्या समाधान भयो ।'
 
उनले घाम, पानी र भोक नभनी आन्दोलित हुँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ