arrow

टी–२० क्रिकेटमा केन्यामाथि नेपालको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
nepal-cricket-t-20-2022.jpg

काठमाडौं । केन्या विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे । 

लामो समयपछि टिममा फर्केका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले २–२ विकेट लिए । 

केन्याको इनिङ्स–

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

नेपालले यो जितसँगै पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 

नवनियुक्त मुख्य प्रशिक्षक भारतीय मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ