arrow

केन्यालाई जित्न नेपालले १३३ रनको चुनौती पछ्याउँदै, दीपेन्द्रको आकर्षक बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
nepal-t-20-world-cup-qualifying-2022.jpg

काठमाडौं । केन्या विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा नेपालले १३३ रनको सामान्य चुनौती पछ्याउँदैछ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरेसँगै मैदानमा ब्याटिङका लागि आएको केन्याले ९ विकेटको क्षतिमा १३२ रन बनायो ।

केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । 

त्यस्तै सन्दीप लामिछानेले २६ रन खर्चेर ३ विकेट लिए । करण केसीले २ तथा पवन शर्राफले १ विकेट लिए । 

नेपालले केन्यासँग पाँच खेलको टी–२० श्रृंखला र तीन खेलको एकदिवसीय श्रृंखला खेल्ने तालिका छ । 

यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  । 

नेपाल र केन्याबीचको टी २० श्रृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय श्रृंखला खेल्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ