- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुँदै छ । राष्ट्रिय सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा विधेयक प्रस्तुत हुन लागेको हो ।
बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
नागरिकता ऐन संशोधन गर्न ल्याइएको विधेयक दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएकामा उनले सन्देशसहित फर्काइदिएकी थिइन्।
उनको सन्देशको बेवास्ता गर्दै प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेको छ भने आज राष्ट्रिय सभामा प्रस्तुत हुँदै छ।
अब राष्ट्रपति र प्रतिनिधिसभाको सन्देशसहितको विधेयकमा राष्ट्रिय सभाले निर्णय गर्नेछ। नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता गरेदेखि नै विभिन्न पक्षबाट समर्थन र आलोचना भइरहेको छ।