निर्णायक खेलमा नेपालको उच्च स्कोर, केन्याले एक सय ७६ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
1.6k
Shares
काठमाडौं । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले १७६ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आकर्षक ब्याटिङ गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ओपनिङमा आएका पाका खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्धतले नेपालले ७ विकेटको क्षतिमा १७५ रन बनायो ।
ज्ञानेन्द्रले ४४ बलमा ५९ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रन बनाएका छन् । त्यस्तै अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए ।
यसअघि सम्पन्न चारमध्ये नेपाल र केन्याले दुई दुई खेल जितेका छन् । यो निर्णायक खेलमा आकर्षण ब्याटिङ गरेको नेपालले बलिङ पनि त्यस्तै गर्ने हो भने उपाधि जित्नेछ ।
अपडेटः
केन्याले ८ रन जोड्दा पहिलो विकेट गुमाएको छ । करण केसीले पहिलो विकेट लिएका हुन् ।
१२ ओभरमा ४ विकेट गुमाएर केन्याले मात्र ६४ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र मोहम्मद अदिल आलमले १–१ विकेट लिए ।