arrow

निर्णायक खेलमा नेपालको उच्च स्कोर, केन्याले एक सय ७६ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
nepal-t-20-cricket-2078-12-19.jpg

काठमाडौं । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले १७६ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आकर्षक ब्याटिङ गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ओपनिङमा आएका पाका खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्धतले नेपालले ७ विकेटको क्षतिमा १७५ रन बनायो । 

ज्ञानेन्द्रले ४४ बलमा ५९ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रन बनाएका छन् । त्यस्तै अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए । 

यसअघि सम्पन्न चारमध्ये नेपाल र केन्याले दुई दुई खेल जितेका छन् । यो निर्णायक खेलमा आकर्षण ब्याटिङ गरेको नेपालले बलिङ पनि त्यस्तै गर्ने हो भने उपाधि जित्नेछ । 

अपडेटः 
केन्याले ८ रन जोड्दा पहिलो विकेट गुमाएको छ । करण केसीले पहिलो विकेट लिएका हुन् । 

१२ ओभरमा ४ विकेट गुमाएर केन्याले मात्र ६४ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र मोहम्मद अदिल आलमले १–१ विकेट लिए । 

पाँचौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । 

छैटौं विकेट बसिर अहमदले लिए । 

केन्याको विकेट ८ रन बनाउँदा पहिलो, ५३ रन बनाउँदा दोस्रो, ५४ रन बनाउँदा तेस्रो, ५५ रन बनाउँदा चौथो, ७१ रन बनाउँदा पाँचौं विकेट, ८६ रन जोड्दा छैटौं विकेट ढलेको थियो । 

बाँकी आउँदै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ