arrow

केन्याविरुद्धको टी–२० क्रिकेट श्रृंखला नेपाललाई, निर्णायक खेलमा ३१ रनले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
nepal-vs-kenya-t20.jpg

काठमाडौं । केन्या विरुद्धको टी–२० क्रिकेट श्रृंखला नेपालले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा ३१ रनको जित हासिल गर्दै नेपालले श्रृंखला ३–२ ले जितेको हो । यसअघि दुवै टिमले २–२ खेल जितेका थिए । तर अन्तिम खेलमा नेपालले आकर्षक ब्याटिङ गर्यो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आकर्षक ब्याटिङ गर्यो । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा ओपनिङमा आएका पाका खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्धतले नेपालले ७ विकेटको क्षतिमा १७५ रन बनायो । 

ज्ञानेन्द्रले ४४ बलमा ५९ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रन बनाएका छन् । त्यस्तै अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए । 

जवाफमा केन्याले लगातार विकेट गुमाउँदै गयो । केन्याले ७ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । 

केन्याका लागि कप्तान शेम एनगोचेले अविजित रहँदै १८ बलमा ३३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करण केसी, मोहम्मद अदिल आलम र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

ज्ञानेन्द्र प्लेयर अफ द म्याच भएका छन् भने पाँच खेलमा १२ विकेट लिएका सन्दीप लामिछाने प्लेयर अफ द सिरिज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ