-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ ।
पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो ।
तर केही कारणवश प्रचण्डले भने कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ ।
आज पाँच दलीय गठबन्धनले सिट बाँडफाँटको सहमति गर्ने तयारी गरेको छ । मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि सिट बाँडफाँट नजिक गठबन्धन पुगेको छ।
सोहि कारण प्रचण्ड सुर्खेत नगएको अनुमान लगाउन सकिन्छ । प्रतिनिधिसभाका १६५ सिटमध्ये माओवादीले ६० सिटमा दाबी गरेको छ ।
प्रचण्ड कै निर्देशनमा पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा कार्यक्रमलाई सम्बोधन गर्न गएका छन् ।
आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ ।