arrow

सुर्खेत गएनन् प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
prachanda-narayankaji-2079-04-01.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ ।

पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो ।

तर केही कारणवश प्रचण्डले भने कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ । 

आज पाँच दलीय गठबन्धनले सिट बाँडफाँटको सहमति गर्ने तयारी गरेको छ । मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि सिट बाँडफाँट नजिक गठबन्धन पुगेको छ।

सोहि कारण प्रचण्ड सुर्खेत नगएको अनुमान लगाउन सकिन्छ । प्रतिनिधिसभाका १६५ सिटमध्ये माओवादीले ६० सिटमा दाबी गरेको छ । 

प्रचण्ड कै निर्देशनमा पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा कार्यक्रमलाई सम्बोधन गर्न गएका छन् ।

आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ