arrow

भदौ २३ गते हुँदै राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबारको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोकेका हुन् । 

उनले समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए । त्यसअघि अध्यक्ष तिमिल्सिनाले सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दीगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराएका थिए । 

समिति हेरफेरसम्बन्धी अध्यक्ष तिमिल्सिनाको प्रस्तावलाई सभाले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १२ः५९ बजे बस्नेछ । 



नयाँ