arrow

महिलाप्रति किन अनुदार ?

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०७९ भदौ १८ शनिबार
dr-badri-prakash-ojha-5.jpg

अहिले बजारमा नायिकदेखि नर्ससम्म र गृहिणीदेखि व्यापारीसम्मले डगि डान्स गरेका विषयलाई चर्चाको विषय बनाइएको छ । हेर्न रमाउने तर महिलालाई दबाउनु पर्दछ भन्ने धारणामा बाँचेको हाम्रो समाजले यसलाई पचाउने कुरै भएन । अघिल्लो दिन मस्तीले नाचेका महिला भोलिपल्ट माफी माग्छन् । यस चक्रले हाम्रोजस्तो विदेशी प्रभावमा बाँचेको मुलुकका महिलामा मात्र नभइ विकास र स्वतन्त्रताको चरम सीमामा पुगेको मुलुक फिनल्यान्डकी प्रधानमन्त्रीलाईसमेत अछुतो छोडेन । 

आखिर हामी महिलाप्रति किन अनुदार छौं त ? महिलाका जैविक आवश्यकता सम्बन्धी व्याख्यातामध्ये आशोको विचार निकै गहन र तिखो पाइन्छ । उनका अनुसार महिलाले नै मात्र सृष्टि चलाएका कारण पुरुषले महिलालाई शक्तिशाली देख्दछ र इर्स्यास्वरुप उसले महिलालाई दबाएर राखेको छ । 

महिला बिनाको संसार कल्पना गर्न नसकिने उनको तर्क छ । अझ वैज्ञानिक दृष्टिले हेर्ने हो भने महिलासँग सन्तुलन गर्न सक्ने जैविक गुण हुन्छ । उनीमा सन्तुलनको रसायन हुन्छ । पुरुषमा महिलाका तुलनामा सन्तुलित रसायन नहुने भएकाले संसारमा पागल हुनेमा महिलाका तुलनामा पुरुषको संख्या बढी हुने ओशोको तर्क छ । 

यही मनोविज्ञानका कारण महिलाका तुलनामा बढी पुरुषले आत्महत्या गर्दछन् । बढी हत्यामा पुरुषको हात रहन्छ । समग्रमा भन्दा महिलाका तुलनामा पुरुष हिंस्रक हुन्छ । महिलाको तुलनामा पुरुष बढी नै अरुलाई वशमा पार्ने किसिमको मनोविज्ञानमा आधारित हुन्छ । यसको साटो महिला आफैंमा बढी सन्तष्ट हुन्छन् । उनीहरु अन्तरमुखी हुन्छन् । आनन्दको चरम अवस्थामा उनीहरु भित्री मार्गमा प्रवेश गर्दछन् । हाँस्दा पनि मुक्त कण्ठले हाँस्छन् भने रुँदा पनि कोकोहोलो गरेर रुन्छन् । तर पुरुष यस्ता संवेगबाट अलि टाढै रहेका कारण ऊ बढी कुण्ठित रहन्छ । 

ओशोका शुरुका संन्यासीमध्ये एक माआनन्द सरिताले लेखेको पुस्तक डिभाइन सेक्सुवालिटीमा महिलाको यौन इच्छाबारे खुलेर व्याख्या गरेकी छिन् । उनका अनुसार महिलाको यौनांगमा रहेको एक किसिमको सानो लुर्को नै उनको शरीरको आनन्ददायी अंग हो । यही अंगका कारण महिला आनन्दमा फस्छिन् र यसरी फसेकी महिलालाई समाजले बनाएका अनुशासनले पनि छेक्न सक्दैन । यसैलाई आजको समाजले महिलाको कमजोरीका रुपमा लिएको छ । महिलामाथि पुरुषले गर्ने अन्यायको जड यसैलाई सरिताले उल्लेख गरेकी छिन् । 

अंग्रेजीमा क्लिटोरिस भनिने उक्त लुकोमा ३ देखि ५ हजार नसाहरुको अन्तिम गुजुल्टो हुन्छ र ती सबै नसाहरु आनन्दसँग सम्बन्धित हुन्छन् । त्यसैले क्लिटोरिसमा घर्षण पैदा भएपछि महिलाले सारा कुरा बिर्सेर स्वर्गीय आनन्द महसुस गर्दछन् । 

यस तथ्यबाट महिलालाई बचाउन कतिपय पूरातनवादी तथा महिलामाथि शोषण हुने समाजमा यस लुर्कोलाई जोगाउनका लागि पुरुषले महिलाको यौनांग सिलाइदिने प्रचलन अझै पनि छ । 

आनन्द सरिताको पुस्तकका अनुसार महिलालाई यौनका लागि अथवा चरमोत्कर्षका लागि तयार हुन करिब २० मिनेट क्लिटोरिसको घर्षण आवश्यक पर्दछ । यसलाई यौनका भाषामा फोर प्ले भनिन्छ । महिलाको चरमोत्कर्ष पुरुषको भन्दा हजारौं गुणा गहन र लामो समयसम्म टिक्ने किसिमको हुन्छ । सामान्यतया महिलाहरु एक निश्चित उमेरपछि यौनका लागि तयार हुँदैनन् भन्ने गलत धारणा छ । सरिताका अनुसार ९० वर्षकी महिला पनि यौनका लागि युवतीजत्तिकै फिट हुन्छिन् तर उनको आवश्यकता मात्र बुझ्न सक्नुपर्दछ । 

सरिताको यस तथ्यमा आधारित रहेर पश्चिमी जगतमा मास्टर एन्ड जोन्सनले लामो अध्ययन गरेका छन् । उनीहरुको अध्ययन अनुसार पश्चिमी जगतमा सन् १९०० सम्म महिलालाई चरमोत्कर्षबारे जानकारी नै थिएन । तर पूर्वीय समाजमा भने प्राग ऐतिहासिक कालदेखि नै यसलाई मानिसको नैसर्गिक अधिकारका रुपमा स्थापित गरिएको थियो । 

महाभारत काल, त्योभन्दाअघि रामकै पालामा पनि कुनै पुरष वा महिलाले अर्को पुरुष वा महिलाप्रतिको आकर्षणलाई स्वच्छन्द रुपले व्यक्त गर्दथे । यतिसम्म कि कुनै युवतीलाई कोही युवक मन पर्यो भने उनीहरु आफ्नो परिवारका सदस्यलाई खुला रुपमा भन्थे र परिवारका सदस्यले ती मन पराएका युवकसँग युवतीको मिलन गराइ दिन्थे । उक्त मिलनलाई अहिलेजस्तो शत्रुका आँखाले हेर्दैनथे । 

अहिलेजस्तो अनर किलिडको संभावना थिएन । आफ्ना माइतीका पुरुषहरुले मन नपराएको केटासँग प्रेम गर्ने वा विवाह गर्ने यवतीको हत्या गर्ने प्रचलन दक्षिण एसियाली मुलुकहरुमा अझै पनि छ । यसलाई इज्जतका लागि गरिएको हत्या वा अनर किलिड भनिन्छ ।  

पूर्वतिर जब पश्चिमाहरुको आक्रमण शुरु भयो, त्यसपछि पूर्वीयाहरुलाई छोरी चेली जोगाउन कठिन परेपछि महिलामाथि कडा अनुशासन थोपरे । जसले हामी आज महिलामाथि विभेद गर्नुपर्छ भन्ने गलत धारणामा बाँचिरहेका छौं । यतिसम्म कि हामी जसलाई यौनप्रति उदार क्षेत्र भन्दछौं, ती क्षेत्रमासमेत यौनशिक्षाको कमी छ । 

यसैकारण आज विश्वमा यौनजन्य इनटरनेट साइटहरु सबैभन्दा बढी चल्दछन् । बीबीसी सञ्चारमाध्यमका अनुसार विश्वमा प्रतिमिनेट ७ करोड मानिसहरु यौनजन्य साइटहरुमा अल्झिन्छन् । सन् २०१७ मा ५ अर्ब मानिसहरुले भिजिट गरेको पोर्नसाइटमा एक वर्षपछि ३५ अर्ब पुगेको तथ्यांकले मानिसको यौनप्रतिको चाहना झल्किन्छ । यसरी हेर्दा विश्वमा चलेका पोर्नसाइट विश्व जनसंख्याले दिनमा औषत १० देखि २५ पटकसम्म हेर्छ । 

यसबाट वार्षिक १ सय देखि १ सय ५० अर्ब अमेरिकी डलर खर्च हुन्छ । यदि यौन शिक्षाको व्यापक प्रचार भएको खण्डमा यो रकम अन्य विषयमा खर्च गर्नसकिन्छ । यति रकम खर्च गरेर खेती गर्ने हो भने हामी विश्वको जनसंख्यालाई भोकमरीबाट मुक्त गर्न सक्दछौं । हाल विश्वमा ८० करोडदेखि एक अर्ब मानिस दैनिक एकछाक मात्र खान बाध्य छन् ।  
 



नयाँ